‘तपाईंहरू तोडफोड नगरी, मान्छे नमारी आएको हो, हँ ?’



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गत शुक्रबार काठमाडौंको तिनकुनेमा भएको घटनामा राज्य जिम्मेवार रहेको बताएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष लिङ्देनले घटनाकाबारेमा न्यायिक छानबिनको माग गरेका हुन् ।

उनले चैत १५ गते छतमाथि बसेर गोली र म्याद सकिएको अश्रुग्यास हानिएको बताए। उनले यो घटनामा राज्य जिम्मेवार रहेको भन्दै विश्व समुदाय र मानव अधिकार जमातको ध्यानाकर्षण गराए ।

उनले भने, ‘चैत १५ गते आन्दोलनकारीले मात्र ज्यादती गरेको हो ? त्यो नियन्त्रण गर्ने जिम्मा सरकारको होइन ? तपाईं कांग्रेस–एमाले भन्नेहरू आज भजनकीर्तन गाउँदै सत्तामा मादल बजाउँदै आइपुगेको हो ? तपाईंहरू तोडफोड नगरी आएको हो ? मान्छे नमारी आएको हो, हँ ?’

उनले गणतन्त्रको नाममा लूट मच्चाइएको भन्दै यो अब युवापुस्ताले नमान्ने बताए । अध्यक्ष लिङ्देनले कथा र शब्दजालले अब मानिस नपत्याउने बताए ।

उनले उड्ने प्लेनदेखि बस्ने प्लेन ठाउँसम्म कमिसन खाएको र भ्रष्टाचार गरेको कतै नछिपेको बताए । उनले नेपाली युवालाई नक्कली भुटानी बनाएर बेच्ने पनि यही व्यवस्थाका पक्षपातीहरूबाट भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्वोच्चद्वारा छबिलाललाई थुनामा पठाउनुको कारण माग

काठमाडौं । सर्वोच्च अदालतले पूर्वडीआइजी छविलाल जोशीलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन झिकाउन

रेक्टर केसीलाई निमित्त उपकुलपतिको जिम्मेवारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा रिक्त निमित्त उपकुलपतिको जिम्मेवारी रेक्टर प्राडा खड्ग केसीलाई दिइएको

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बुधबार बस्ने, यस्ता छन् एजेण्डा

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले बुधबार दिउँसो

सत्तारुढ दलकै नेताबाट सरकारविरुद्ध आक्रोश बढेपछि देउवा र ओलीले गरे छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको