‘यो पुरै घटनाको जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र हुन्’



-रामकुमारी झाँक्री ।

शनिबार बिहानै पार्टी कार्यालय पुग्दा मेरा सहकर्मी साथीहरू पहिले नै पुगिसक्नु भएको थियो । अन्य पार्टीका नेताहरू हाम्रो पार्टी कार्यालय आउने क्रम जारी थियो । बाहिर आगोले नजलेका फलाम र काठका टुक्राहरू, असरल्ल कागजपत्र, कार्यकक्षहरू फोडिएका जलाइएका भग्नावशेषहरू झर्यामझुरूम भएका झ्यालका सिसाहरू अनि आगो र खरानीको नमिठो गन्ध, चर्को धाम, उराठ लाग्ने दृश्य, एकैछिन पनि मन अडिएन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, गृहमन्त्री रमेश लेखक, गृहसचिव र अन्य पार्टीका नेता साथीहरू, दुईवटै प्रहरी संगठनका प्रमुखसहितको सुरक्षा टिमलाई बिदा गरेर घर आएँ । मनमा अनेक तर्कना आए । समाचार रिभ्यू हेरेर दिन बित्न थाल्यो बेलुकी पख बाहिर निस्केर सडकतिर पुग्दा सार्वजनिक, निजी सम्पत्तिको आगजनी र तोडफोड, व्यक्तिलाई चावी लगाएर जलाएको दृश्यले झनै बेचैन बनायो ।

यो पुरै घटनाको जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र हुन् । नजानिँदो ढंगबाट जनतालाई उचालेर संविधान मास्ने र फेरि मूलुकलाई अस्थिरतातर्फ धकेल्ने चेष्टा गर्दैछन् । नेपालमा कुनै कारण अस्थिरताको आगो बोलेमा रोटी सेक्ने तत्व धेरै छन् यहाँ त्यसैले सरकार पूर्वराजाका गतिविधि माथि तुरून्त रोक लगाउ । जति पनि निजी र सार्वजनिक सम्पत्तिको विनाश गरेका छन् राजावादीले, त्यसको क्षतिपूर्ति पहिचान भएका अगुवा व्यक्ति र राजा ज्ञानेन्द्रको सम्पत्तिबाट दिने व्यवस्था गर । अब मुलुकले फेरि हिंसा र आतंक थेग्न सक्दैन। गणतन्त्रमा जो जति अटाउन चाहन्छन् त्यसभन्दा बाहिरका पश्चगामी, पुनरउत्थानवादी शक्तिमाथि संविधान त रोक लगाउ । जनताले लोकतन्त्रमा व्यक्ति, दल सबै फेर्न सक्छन् । तर दासले मालिक फेर्न सक्दैन।

अब हामी नागरिक भइसकेका छौ । दास/प्रजा हुन चाहन्नौं । सार्वजनिक सडक संवादको माध्यमबाट २०६२/६३ को क्रान्तिपछि नेपाल फर्केको र जन्मेको पुस्तालाई बुझाउने काम गरौं । आतंक मच्चाउने व्यक्तिगत र सार्वजनिक सम्पत्ति नाश गर्ने, घर भित्र थुनेर आगो झोस्ने सबै अपराधीहरूलाई हदैसम्मको कारबाही होस् सरकार। यो बेला हामी सत्तापक्ष र प्रतिपक्ष भएर विभाजित हुनेबेला होइन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वायु प्रदूषणले नेपालीको औषत आयु घटाउँदै

काठमाडौँ । वातावरणसँग सम्बन्धित विभिन्न सङ्घ/संस्थाका प्रतिनिधि र विज्ञहरूले बढ्दो वायु प्रदूषणबारे चिन्ता

नेपाल र भारतका सर्वोच्च अदालतबीच न्यायिक क्षेत्रमा सहयोग गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । भारतको सर्वोच्च अदालतले नेपालको सर्वोच्च अदालतसँग दुई देशबीचको न्यायिक सहयोगको विकास,

प्रधानमन्त्रीद्वारा शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका माग र आन्दोलनका सम्बन्धमा सम्बन्धित मन्त्री

हर्क साम्पाङलाई प्रधानमन्त्रीको आग्रहः खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढ्यो, धरानवासीलाई सुनाइदिनुहोला

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको