पूर्वराजा ज्ञानेन्द्रको मानसिकता नै आपराधिक देखियोः प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहको मानसिकता नै आपराधिकस्तरको भएको बताएका छन् ।

शनिबार पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले यस विषयमा कडा कदम चाल्न सरकारलाई आग्रह गरे । उनले पूर्वराजा ज्ञानेन्द्रलाई त्यसै छाड्न नहुने बताए ।

उनले भने, ‘पूर्वराजा ज्ञानेन्द्र शाहको मानसिकता नै आपराधिक स्तरको भएको पहिला पनि देखिएकै हो । अहिले पनि देखियो । यही नै समय हो सरकारले कडा कदम चालोस् ।’

उनले शुक्रबारको घटना हेर्दा प्रहरी र सरकारको तयारी नभएको देखिएको बताए । उनले भने,‘राजधानीको मुटुमा यस्तो विवेकहीन आपराधिक गतिविधि हुँदा प्रहरी समयमा आउन नसक्नु यसलाई गम्भीर समीक्षा सरकारले गरोस् । र आउने दिनमा पूर्ण तयारीमा लागोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बिम्स्टेक शिखर सम्मेलनमा भाग लिइ प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र छैटौँ बहुक्षेत्रीय प्राविधिक

ललितपुर प्रहरीद्वारा एम्बुलेन्सबाट लागुऔषध बरामद

ललितपुर । बागमती गाउँपालिका–३ छपेलीबाट प्रहरीले भारतीय नम्बर प्लेटको एम्बुलेन्ससहित लागुऔषध बरामद गरेको

विवेकहीन सिण्डिकेट

-डा. गोविन्दशरण उपाध्याय । एउटा राजनैतिक पार्टीको राजनीतिक आस्थामा आधारित भएर खोलिएका संघसङ्गठनहरू

संक्रमणकालीन आयोगका पदाधिकारी छनौट प्रक्रियामा सुझाव दिन समितिको आग्रह

काठमाडौँ  । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको