पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन एमालेको आह्वान



काठमाडौँ । नेकपा एमालेले सबै राजनीतिक दललाई पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन आह्वान गरेको छ।

एमालेका महासचिव शंकर पोखरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै सबै राजनीतिक दल, नागरिक समाज र आमनेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन आह्वान गरेका छन्।

एमालेले शुक्रबार पूर्वराजावादीहरूको अराजक समूहले काठमाडौँको तीनकुने, कोटेश्वर र जडिबुटी क्षेत्रमा देखाएको उदण्डता, अराजकता र हिंसाको घोर भर्त्सना गरेको छ। एमाले महासचिव पोखरेलले आजका आपराधिक क्रियाकलापमा सङ्लग्नलाई तत्काल कानुनी दायरामा ल्याउन र शान्ति सुरक्षाको प्रभावकारी प्रबन्ध गर्न सरकारसँग माग गरेका छन्।

‘शान्तिपूर्ण प्रदर्शनका नाममा सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारण नागरिकका घर, व्यावसायिक भवन, सञ्चार गृह, राजनीतिक दलका कार्यालय र सरकारी भवन माथि आगजनी गर्ने, लुटपाट गर्ने, जानीजानी हिंसा र आतङ्कलाई दुरुत्साहन गर्ने तथा मुलुकको लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्ने यस्ता आपराधिक क्रियाकलाप निन्दनीय छन्,’ महासचिव पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

उनले एमाले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि दृढतापूर्वक उभिने सङ्कल्प समेत गरेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सूर्यविनायक–धुलिखेल सडकको काम समयमै नसकिने

काभ्रे । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तारको काम

एमाले महासचिव भन्छन्-संविधान कार्यान्वयनमा पूर्वराजाका गतिविधि बाधक

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले संविधान र व्यवस्थामाथि चुनौती दिने गरी

प्रधानमन्त्रीले भ्याउँदा जुनसुकै बेला हुनसक्छ भारत भ्रमणः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गर्न काँडेतार नलगाएको बताएका छन्

टी–२० सिरिजका लागि रोहित पौडेलको कप्तानीमा टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान) ले हङकङसँग हुने टी–२० सिरिजका लागि रोहित पौडेलको