वंशको शासन ल्याउने कल्पना नगर्न राजावादीहरुलाई माधव नेपालको चेतावनी



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले फेरि राजावादीहरुलाई वंशको शासन ल्याउने कल्पना नगर्न आग्रह गरेका छन् ।

शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा समाजवादी मोर्चाले आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वंशको शासन ल्याउन खोजे त्यसले ठूलो मूल्य चुकाउनुपर्ने बताएका हुन् ।

उनले जनता स्वाधीन र सार्वभौमसत्ता सम्पन्न भएकाले कसैको दासता स्वीकार्न तयार नरहेका बताए । उनले भने, ‘अब यो मुलुक शाही वंशतर्फ फर्कन सक्दैन । राणातन्त्रतर्फ र वंश र परिवारको शासनतिर मुलुक फर्कन सक्दैन, जनता स्वाधीन र सार्वभौमसत्ता सम्पन्न भएकाले कसैको दासता स्वीकार्न तयार छैनन् । वंशको शासन ल्याउन खोजे त्यसले ठूलो मूल्य चुकाउनुपर्नेछ ।’

उनले आजको कार्यक्रम कास्टिङ मात्रै भएको बताए । अध्यक्ष नेपालले सत्तामा बस्नेहरुको कमजोरीका कारण जनता असन्तुष्ट बनेका बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीलाई मोदीले भने-सगरमाथा संवादमा आउन भ्याउँदिन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदी सगरमाथा संवादमा नेपाल

बिम्स्टेक शिखर सम्मेलनमा भाग लिइ प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र छैटौँ बहुक्षेत्रीय प्राविधिक

ललितपुर प्रहरीद्वारा एम्बुलेन्सबाट लागुऔषध बरामद

ललितपुर । बागमती गाउँपालिका–३ छपेलीबाट प्रहरीले भारतीय नम्बर प्लेटको एम्बुलेन्ससहित लागुऔषध बरामद गरेको

विवेकहीन सिण्डिकेट

-डा. गोविन्दशरण उपाध्याय । एउटा राजनैतिक पार्टीको राजनीतिक आस्थामा आधारित भएर खोलिएका संघसङ्गठनहरू