समाजवादी मोर्चाको प्रदर्शन सुरु(फोटोफिचर)



काठमाडौं । समाजवादी मोर्चाले काठमाडौंमा प्रदर्शन सुरु गरेको छ । अहिले उपत्यकाका विभिन्न क्षेत्रबाट भृकुटीमण्डप जान जुलुस निकालिएका छन् । कोटेश्वर हुँदै पूर्वबाट आउनेहरूको जुलुसको नेतृत्व माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गर्नेछन् । त्यस्तै ललितपुर हुँदै दक्षिणबाट आउनेहरूको नेतृत्व माओवादी नेतृ पम्फा भुसालले गर्नेछिन् । कलंकी हुँदै पश्चिमबाट आउनेहरूको नेतृत्व माओवादी उपमहासचिव जनार्दन शर्माले गर्दैछन् । त्यस्तै, बालाजु हुँदै उत्तर पश्चिमबाट आउनेहरूको नेतृत्व माओवादी नेता शक्तिबहादुर बस्नेतले गर्नेछन् । जुलुस प्रदर्शनीमार्गमा पुगेर सभामा परिणत हुनेछ । सभालाई मोर्चामा आवद्ध दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । यता राजावादीहरुले पनि आजै काठमाडौंको तिनकुनेमा प्रदर्शन गर्दैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बिम्स्टेक शिखर सम्मेलनमा भाग लिइ प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र छैटौँ बहुक्षेत्रीय प्राविधिक

ललितपुर प्रहरीद्वारा एम्बुलेन्सबाट लागुऔषध बरामद

ललितपुर । बागमती गाउँपालिका–३ छपेलीबाट प्रहरीले भारतीय नम्बर प्लेटको एम्बुलेन्ससहित लागुऔषध बरामद गरेको

विवेकहीन सिण्डिकेट

-डा. गोविन्दशरण उपाध्याय । एउटा राजनैतिक पार्टीको राजनीतिक आस्थामा आधारित भएर खोलिएका संघसङ्गठनहरू

संक्रमणकालीन आयोगका पदाधिकारी छनौट प्रक्रियामा सुझाव दिन समितिको आग्रह

काठमाडौँ  । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको