‘प्रतिगमन मुर्दावाद’ भनेर मात्र प्रतिगमनको खतरालाई अन्त्य गर्न सकिँदैन



-नारायणकाजी श्रेष्ठ

अब मुलुक यथास्थितिमा रहिरहन सक्दैन र रहन दिनु पनि हुँदैन । यथास्थितिको निरन्तरताले देशमा संकट चर्काउने मात्र कार्य गर्नेछ । राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता एवं राष्ट्रिय एकता र लोकतान्त्रिक परिवर्तनका उपलब्धिहरुमाथि खतरा उत्पन्न हुने र अन्ततः देश असफल राज्य बन्ने प्रक्रियातिर धकेलिने खतरा बढ्दै जानेछ । त्यसैले यथास्थितिलाई जतिसके छिटो तोड्नु आवश्यक छ ।

हामी राजनीतिक पार्टीहरू र नेतृत्व यो कुरामा स्पष्ट हुनु आवश्यक छ कि प्रतिगमन मुर्दावाद भनेर मात्र प्रतिगमनको खतरालाई अन्त्य गर्न र लोकतन्त्रको रक्षा गर्न सकिन्न । प्रतिगमनविरुद्ध राजनीतिक प्रतिवाद त गर्नैपर्छ । तर मुख्य कुरा हो, सुशासन कायम गर्नु र विकास तथा समृद्धिको प्रक्रियालाई गुणात्मक रुपमा तिब्र पारेर त्यसको प्रतिफल आम जनतालाई उपलब्ध गराउनु । हामीले जनतालाई लोकतन्त्रले राजनीतिक अधिकार मात्र दिएको होइन, सामाजिक न्यायसहितको समृद्धिद्वारा हाम्रा जीवनका आधारभूत आवश्यकताहरू पनि पूरा गरेर हामीलाई नयाँ जीवन दियो भन्ने प्रत्यक्ष अनुभूति गर्ने अवसर दिन सक्नु पर्दछ । यो नै आजको मुख्य राष्ट्रिय कार्यभार हो ।

तसर्थ सुशासन, सामाजिक न्यायसहितको समृद्धि, सकारात्मक संविधान संशोधन र गुणात्मक सुधारका ठोस कदमद्वारा यथास्थितिलाई तोड्ने साहस गरौं । त्यसरी मात्र प्रतिगमनको खतरालाई अन्त्य गर्न र लोकतन्त्रलाई रक्षा तथा सुदृढ गर्न सकिन्छ । त्यसका लागि राजनीतिक पार्टी र नेताहरु बदलिनु अनिवार्य छ, राजनीतिको सफाई र शुद्धीकरण अपरिहार्य छ । यसलाई केन्द्रबिन्दुमा राख्दै राष्ट्रिय एकता बलियो बनाउन सबैसँग आवश्यकता अनुसार छलफल ,सहकार्य ,सहमति र सम्झौता गर्न तयार रहनु पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
थाइल्यान्ड भ्रमण र बिम्स्टेकको शिखर सम्मेलनमा सहभागिताबारे प्रधानमन्त्रीलाई पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरुले दिए यस्ता सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक

एमालेको अनुरोधः विधेयक पारित गर्न गाह्रो भयो, संसदको अवरोध हटाइयोस्

काठमाडौं । नेकपा एमालेले संविधान र कानुनको व्यवस्थाअनुरूपको कार्यसम्पादनमा उत्पन्न बाधा हटाउनका लागि

रवीन्द्र मिश्र र धवलशमशेर राणालाई पाँच दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणालाई काठमाडौं

स्वागत नेपाल हिरासतमुक्त

काठमाडौं । राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता अधिवक्ता स्वागत नेपाल रिहा