ओलीजी जेलदेखिकै साथी हो, उहाँलाई पूर्ण समर्थन रहन्छः सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो र पार्टीको पूर्ण समर्थन रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा सुजाता कोइरालाको आत्मकथा ‘म र मेरो सानुबुबा’ नामक पुस्तक लोकार्पण समारोहमा देउवाले आफूहरु जेलदेखिकै साथी रहेको भन्दै आगामी दिनमा पनि पूर्ण साथ समर्थन रहेको बताएका हुन् ।

उनले भने,‘ओलीजी र कांग्रेबीच समन्वय भएको छ । हामी जेलमा पनि सँगै बसेको हौं । हामी त जेलभित्रको पनि जेल गोलघर भन्ने ठाउँ छ त्यहाँपनि सँगै थियौं । त्यसैले पनि हाम्रो सम्बन्ध राम्रो छ । अहिले पनि राम्रोसँग अघि बढेर जाँदैछौं । अहिले सत्तामा सहकार्य गरिरहेका छौं । कांग्रेसबाट उहाँलाई पूरा सपोर्ट छ ।’

त्यस्तै उनले गिरिजाप्रसाद कोइरालाले आफूलाई पार्टीबाट निकाल्दा आफूले अर्को पार्टी खोलेको स्मरण गर्दै आफूहरुबीच उतारचढावको सम्बन्ध रहेको बताए ।

उनले भने,‘गिरिजाप्रसाद कोइरालाजीको कुरा गर्दासम्बन्धमा धेरै उतारचढाव आए । उहाँले मलाई पार्टीबाट निकाल्नुभयो । मैंले अर्को पार्टी खोलें । त्यसैले उहाँसँगको सम्बन्ध चाँही उतारचढावको सम्बन्ध छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आर्थिक अनियमिततामा मुछिएका सुदूरपश्चिमका वनमन्त्रीद्वारा राजीनामा

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले राजीनामा दिएका

आन्दोलनबाट क्षति पुगेकालाई राज्यले सम्बोधन गर्नुपर्छ : महासचिव पोखरेल

काठमाडौँ ।नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले शुक्रबार (चैत १५ गते) भएको पूर्वराजा

तिनकुने घटनाका दोषीलाई सरकारले छाड्दैनः गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले शुक्रबार पूर्वराजावादी समर्थकहरुबाट आगजनी भएका भवनहरुको अनुगमन गरेका

पूर्वराजा ज्ञानेन्द्रको मानसिकता नै आपराधिक देखियोः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहको मानसिकता