भारतका नेताहरुले नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको मैले पाएँः परराष्ट्रमन्त्री राणा



काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले भारतले नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको बताएकी छन् ।

भारत भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएकी परराष्ट्रमन्त्री राणाले शुक्रबार त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भारत नेपालमा पक्ष लोकतन्त्रकै पक्षमा रहेको बताएकी हुन् ।

भारतीय नेताहरुसँगको भेटमा व्यवस्था नै परिवर्तन गर्ने खालको आशय उहाँहरूमा नभएको आफूले पाएको बताइन् ।

उनले भनिन्, ‘उहाँहरूले नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको मैले पाएँ। सरकार नै परिवर्तन गर्ने, व्यवस्था नै परिवर्तन गर्ने खालको आशय उहाँहरूमा मैले देखिनँ ।’

भारत रहँदा आफूले हाल नेपालमा देखिएको विद्युत अभावको समाधानको लागि पनि कुटनीतिक प्रयास गरेको बताइन् ।

राइसिना डायलगको क्रममा उनले भारतीय विदेशमन्त्री डा.एस जयशंकरसँग पनि भेटवार्ता गरेकी थिइन् । त्यस्तै उनले कार्यक्रममा सहभागी हुन आएका विभिन्न देशका समकक्षीसँग पनि भेटवार्ता गरेकी थिइन् ।

उनी मार्च १० मा भारत भ्रमणमा गएकी थिइन् । राइसिना डायलगमा सहभागी हुनुअघि उनी भारतको झारखण्डस्थित बाबा वैद्यनाथ धाममा पुगेर पूजाआजा समेत गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डेढ दशकदेखि मानवविहीन मुस्ताङको ‘सम्जुङ गाउँ’

मुस्ताङ । जलवायु संकटले हिमाली जिल्लाको धार्मिक, सांस्कृतिक र विभिन्न क्रियाकलापमा प्रत्यक्ष/परोक्ष प्रभाव

तीनै तहका सरकारले नागरिकका कुरा सुनेर असन्तुष्टिलाई सन्तुष्टिमा बदल्ने प्रयास गर्नुपर्छः महामन्त्री थापा

नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समय मुलुक विकासको मार्गमा अघि

कांग्रेसको ध्यान सत्ता र सरकार केन्द्रित मात्र भयोः शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशन २०८२ मङ्सिर

म अब २०८४ सालसम्म प्रधानमन्त्री हुन्नः प्रचण्ड

वीरगञ्ज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू २०८४ सालसम्म