संविधान र गणतन्त्रमाथि छेडखानी गर्नु गलतः अध्यक्ष प्रचण्ड
निजगढ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान र गणतन्त्रमाथी छेडखानी गर्न नहुने बताएका छन् ।
बाराको सिमरामा बुधबार साँझ आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘शान्ति सम्झौता वर्तमान संविधानको एउटा अङ्ग हो । संविधान र गणतन्त्रलाई छेडखानी गर्नु भनेको शान्ति सम्झौतालाई छेडखानी गर्नु हो ।’
प्रचण्डले संविधानलाई विकास गर्न सकिने तर पछाडि फर्काउन नसकिने स्पष्ट पारे । । हुलाकी राजमार्गसँग माओवादी केन्द्र र आफ्नो भावनात्मक सम्बन्ध रहेको उनको भनाइ थियो ।
उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया कुरामा मात्रै सीमित रहेको बताए ।