परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच द्विपक्षीय सम्बन्धका विषयमा कुराकानी



काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

भारतीय विदेश मन्त्रालयद्वारा आयोजित राइसिना डायलग कार्यक्रममा सहभागिताका लागि नयाँ दिल्लीमा रहेकी मन्त्री राणा र भारतीय विदेशमन्त्री डा. जयशंकरबीच मंगलबार भेटवार्ता भएको हो ।

भेटका क्रममा उनीहरूबीच नेपाल–भारत ऐतिहासिक द्विपक्षीय सम्बन्ध, दुई देशबीचका साझा चासो र आपसी हितका साथै पारस्परिक लाभका विभिन्न विषयमा कुराकानी भएको छ ।

भेटमा मन्त्री राणाले नेपालले भारतसँगको सम्बन्धलाई उच्च महत्त्व दिँदै आएको र आगामी दिनमा पनि दुवै देशको साझा हितका लागि भारतसँग सहकार्य गर्न नेपाल सदैव इच्छुक रहेको बताएकी थिइन् ।

नेपाल र भारतबीचका पछिल्लो समयमा जारी रहेका द्विपक्षीय भेटवार्ता, भ्रमणको आदानप्रदान तथा आपसी सहकार्यका साथै दुई देशबीचको ट्रेड ट्रान्जिट तथा जलस्रोत विकासका क्षेत्रमा भएका प्रगतिका बारेमा पनि सो भेटका क्रममा कुराकानी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैदेशिक रोजगारीको पीडा : ११ महिनापछि बाकसमा फर्किएकी तिलमाया

नवलपरासी । मङ्गलबार बिहानको मधुरो घाम लाग्दै गर्दा नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती

ट्रम्पका सुरक्षा निर्देशकको आश्वासनः अमेरिकाले नेपाललाई दिँदैआएको आर्थिक सहयोगले निरन्तरता पाउँछ

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सहायक

राजसंस्था फर्काउनका लागि पार्टी अध्यक्ष लिङ्देनको नेतृत्वमा आन्दोलन गर्ने राप्रपाको निर्णय

काठमाडौँ । राजसंस्था फर्काउनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा

लेखा समितिका काम किन नतिजामुखी हुन सकेनन् ?

काठमाडौँ। सार्वजनिक लेखा समितिका सदस्यले समितिको काम प्रभावकारी र नतिजामुखी बनाइनुपर्नेमा जोड दिएका