गाजामा फेरि चर्कियो लडाईं, २०० जनाको मृत्यु



बीबीसी । इजरायली लडाकु विमानहरूले गाजाका विभिन्न भागमा युद्धविराम सुरु भएयताकै ठूला हवाई हमलाहरू गरेका छन् । गाजाका अधिकारीहरूले उक्त हमलामा कम्तीमा २०० जनाको मृत्यु भएको बताएका छन् ।

ज्यान गुमाउनेमा उक्त भूभागमा रहेका हमासका उच्च सुरक्षा अधिकारी मोहम्मद अबु वत्था पनि रहेको बताइएको छ । आक्रमणमा उच्च प्रहरी अधिकारी र हमासका राजनीतिक व्यक्तिहरूलाई पनि निसाना बनाइएको थियो । एउटा विज्ञप्तिमा इजरायलले हमासले पहिलो चरणको युद्धविराम लम्ब्याउने प्रस्ताव अस्वीकार गरेकाले आफूले उक्त समूहका निसानाहरूमा आक्रमण गरिरहेको बताएको छ ।

प्यालेस्टिनी समूहले सोझै दोस्रो चरणको युद्धविराममा जानुपर्ने धारणा राख्दै आएको थियो । हमासलाई दबाव दिन इजरायलले गाजामा मानवीय सहायता र विद्युत् आपूर्ति कटौती गरेको छ ।

हमासले इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले युद्धविराम सम्झौता उल्ट्याएको आरोप लगाएको छ । उसले सो हमलाले बाँकी इजरायली बन्धकको भविष्यलाई अन्योलपूर्ण बनाएको पनि जनाएको छ ।

इजरायली अधिकारीले आक्रमण आवश्यक रहुन्जेल जारी रहने र हवाई हमलामा मात्रै सीमित नरहने बताएका छन् । इजरायलले गाजा नजिकैका विद्यालयहरू हवाई हमलापछि आफूले बन्द गरेको जनाएको छ ।

मध्यगाजामा तीनवटा घरमा हमला गरिएको छ भने गाजा सिटीको एउटा भवन तथा खान युनिस र रफाहका विभिन्न स्थानमा पनि हमला भएको प्रत्यक्षदर्शी र स्वास्थ्यकर्मीलाई उदृत गर्दै समाचारसंस्था रोएटर्सले जनाएको छ । जनवरी १९ मा युद्धविराम आरम्भ भएयता इजरायलले गाजामाथि गरेको हवाई हमलाको यो सबैभन्दा ठूलो शृङ्खला हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायली प्रधानमन्त्रीसमक्ष गाजामा बन्धकहरूको ‘हत्या रोक्न’ परिवारहरूको आग्रह

जेरुसेलम। इजरायलले जनवरीको युद्ध विरामपछि उक्त क्षेत्रमा सबैभन्दा घातक आक्रमण गरेपछि गाजामा रहेका

को हुन् २५ करोड रुपैयाँसहित पक्राउ परेका कुसाङ लामा ?

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले राजधानीबाट करिब २५ करोड

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

काठमाडौं ।  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबिच नयाँदिल्लीमा

राजावादीलाई संविधानमाथि प्रश्न उठाउने दुस्साहस नगर्न प्रचण्डको चेतावनी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजामहाराजालाई नेपाली जनताले इतिहासको