दरबार हत्याकाण्डको ‘प्लानर’ को हो ? नेपाली जनतालाई थाहा छः प्रचण्ड



मेलम्ची । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धेरै चुरीफुरी नगर्न चेतावनी दिएका छन् ।

शुक्रबार सिन्धुपाल्चोकको मेलम्चीमा पार्टीको नगर सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले पूर्वराजालाई धेरै चुरीफुरी नगर्न चेतावनी दिएका हुन् ।

उनले पूर्वराजालाई मूर्ति चोर र ‘भाइमारा’ को आरोपसमेत लगाए । उनले दरबार हत्याकाण्डको योजनाकार को भन्ने नेपाली जनतालाई थाहा भएको बताए । प्रचण्डले कसैको उक्साहटमा फेरि टाउको उठाउने मुर्खता नगर्नसमेत पूवराजालाई चेतावनी दिए ।

उनले भने, ‘भयानक दरबार हत्याकाण्ड गर्ने मान्छेहरु त उनको परिवारभित्र थिए नि ! सबै बुझेका छन् नेपाली जनताले । त्यसको प्लानर को हुन् भन्ने नेपाली जनतालाई थाहा छ । धेरै चुरीफुरी नगरे हुन्छ । धेरै मुर्खता पहिला पनि भइसकेको छ ।’

उनले दुस्साहसलाई माओवादीले ‘इँटाको जवाफ पत्थरले दिने’ चेतवानी दिए । उनले भने, ‘२५० वर्षसम्म राजा, महाराजाले यो देशलाई कहाँ पुर्याए ? नेपाली जनताले बिर्सिएका छैनन्, मुर्ति चोर को हुन् ? नेपालका ठूलठूला मूर्ति चोरहरू अहिले राजा बन्न खोज्दैछन् । भाइमारा को हो ? आफ्नै वंश मास्नेले अहिले आएर फेरि धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिर्सिए भन्ने ठानेको ?’

प्रचण्डले आफूले ५ वर्ष शासन पाएको भए दरबार हत्याकाण्डको पर्दाफास गर्ने बताए । उनले, ‘मैले पहिलाचोटी प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फेरि एकचोटी छानबिन गर्नुपर्छ भनेको थिएँ । मैले त्यतिबेला पाँच वर्ष शासन गर्न पाएको भए फेरि एकचोटी छानबिन गरेर भाइमारा र राजद्रोही यिनीहरूलाई इतिहासको कठघरामा ठेगान लगाउने विचार थियो ।’ उनले जनताकै तागतका बलमा देशको नेतृत्व लिने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साहित्य र संस्कृतिले हिमवतखण्डका नेपालीलाई एकताको सूत्रमा बाँध्छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भाषा, कला, साहित्य र संस्कृतिले हिमवतखण्डका नेपालीलाई एकताको

स्ववियु निर्वाचनः त्रिविका ११ आङ्गिक क्याम्पसमा अघि बढेन प्रक्रिया

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका ११ आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)

‘प्रचण्डजी ! नविनतम समझदारीमा आउनुस्, नत्र नेपाली जनताले तपाईंलाई माफी दिने छैनन्’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नेकपा माओवादी केन्द्रका अध्यक्ष

गुल्मीमा हत्या र काभ्रेमा शृङ्खलाबद्ध डकैतीमा संलग्न गिरोहका नाइके बुद्धिमान तामाङ पक्राउ

काठमाडौँ । हत्या, शृङ्खलाबद्ध डकैती तथा लुटपाट गर्ने गिरोहका नाइके बुद्धिमान तामाङ पक्राउ