रवि लामिछाने राजतन्त्रको लाइनमा थिए त ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरुले पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली चाहेको बताएको छ ।

पार्टीका पूर्वमहामन्त्री डा. मुकुल ढकालले सभापति रवि लामिछाने राजतन्त्रको पक्षमा रहेको बताएपछि केन्द्रीय सदस्य गणेश कार्कीले गणतन्त्रका विषयमा पार्टीको धारणा चाहनेहरूलाई दस्तावेज पढिदिन आग्रह गरेका हुन् ।

कार्कीले भनेका छन्, ‘प्रस्तावनामा प्रष्ट लेखिएको छ कि रास्वपाले पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली चाहन्छ । हजारौं पटक भनेका छौँ कि हामीलाई व्यवस्था हैन, अवस्था फेर्नु छ । गणतन्त्रका विषयमा पार्टीको धारणा चाहनेहरूले दस्तावेज पढिदिनु होला । नेताका भाषण सुनिदिनु होला । दस्तावेज र विचार ऋतु जस्तो फेरिदैन ।’

पूर्वमहामन्त्री ढकालले केहीदिन अघि राजाबाट सकारात्मक कुरा नआएपछि आफूहरु गणतन्त्र कै लाइनमा पार्टी खोल्ने निर्णयमा पुगेको बताएका थिए ।

ढकालले भनेका थिए, ‘राष्ट्रिय स्वतन्त्र पार्टी खोल्नु अघि ‘राजतन्त्र’ को लाइन लिने कि ‘गणतन्त्र’ को भनेर रवि दाइ र मबीच छलफल भयो । त्यतिबेला छलफल गर्नका लागि कोही थिएन, जे जति हुन्थ्यो, हामी दुइबीच नै हुन्थ्यो । राजासँग भेट्न रवि दाइ झापासम्म जानुभयो । राजा र राजाका नजिकका मान्छेसँग उहाँको दुई–चार पटक कुरा पनि भयो । रवि दाइ राजतन्त्रलाई समातेर जाने लाइनमा हुनुहुन्थ्यो । त्यतिबेला मैले रवि दाइलाई भनें, ‘राजा ल्याउने वा आउने कुरा हामीले गरेर हुन्न, राजा आफैंले बोल्नपर्छ । जसलाई ल्याउन खोजेको हो, ऊ आफैँले त ‘म आउने हो’ भन्न पर्यो नि ।’ राजा बोल्न तयार भएनन् , तर त्यसपछि पनि रवि दाइले ‘राजतन्त्र’ लाई कुनै न कुनै ढङ्गले समेटौं भनिराख्नु भयो । मैले प्रस्ताव राखें, रवि दाइले त्यही अनुसार राजासँग पनि कुरा गर्नुभयो । मेरो प्रस्ताव थियो–“राजाको निजी सम्पत्ति नहुने, जनताले राजालाई पाल्ने, राजाको सम्पत्ति ट्रस्टमा लगेर सकेसम्म सबै जिल्ला नत्र कम्तिमा हालका प्रदेश राजधानीमा एक–एक वटा ठूला स्कुल र अस्पताल खोलौँ । यति घोषणा गरि एकैपटक स्कुल र अस्पतालहरूको शिलान्यास गरौँ ।’ राजाबाट सकारात्मक कुरा आएन । राजाबाट सकारात्मक कुरा नआएपछी, गणतन्त्र कै लाइनमा पार्टी खोल्ने निर्णय गर्यौँ ।’

यस्तो छ रास्वपाको प्रस्तावना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
परराष्ट्रमन्त्री राणा नयाँदिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा बिहीबार अपराह्न भारतको राजधानी नयाँ दिल्ली

लागूऔषध मुद्दामा पाल्हीनन्दन गाउँपालिका अध्यक्ष गुप्तालाई एक वर्ष कैद सजाय

नवलपरासी । लागूऔषध मुद्दामा नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्तालाई एक वर्ष कैद

गणतन्त्रको विकल्पमा अरु कुनै शासन व्यवस्था हुँदैनः मन्त्री खड्का

संखुवासभा ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्घीयतासहितको गणतन्त्रको विकल्पमा अरु कुनै

त्रिभुवन विमानस्थलमा एयर अरेबियाको जहाजले नरेफाँटमाथिबाट एक्कासी गर्‍यो ओभरसुट

काठमाडौँ । एयर अरेबियाको जहाजले आज दिउँसो १ बजेर ५ मिनेटमा काठमाडौँस्थित त्रिभुवन