संसदमा हंगामा मच्चाउने सुमनाको अभिव्यक्ति…



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना क्षेष्ठले काठमाडौंको तारकेश्वरमा कांग्रेसका नेताले सरकारी जग्गा कब्जा गरेको आरोप लगाएपछि संसदमा हंगामा भएको छ ।

बुधबार प्रतिनिधिसभाको शून्य समयमा सांसद श्रेष्ठले काठमाडौंको काठमाडौं क्षेत्र नम्बर ६ मा पर्ने तारकेश्वरमा कांग्रेस नेताले सरकारको स्वामित्वमा रहेको जग्गाकब्जा गरेको आरोप लगाएकी थिइन् ।

उनले भनिन्,‘काठमाडौँ क्षेत्र नम्बर ६ मा पर्ने तारकेश्वर वडानम्बर ९ को लोकतान्त्रिक चोकमा रहेको सरकारको नाममा रहेको जग्गाकित्तानम्बर ६२ र ६३ को सरकारी जग्गा कांग्रेस नेताले कब्जा गरेको स्थानीयबासिन्दाको उजुरीको बाबजुद स्थानीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरेको आमगुनासो छ । यसमा ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले बोलेलगत्तै नेपाली कांग्रेसका सांसदहरुले आपत्ति जनाए । साथै सांसद श्रेष्ठको अभिव्यक्ति रेडर्कबाट हटाउन समेत माग गरे ।

कांग्रेस सांसदहरुको विरोधपछि सभामुख देवराज घिमिरेले संसद्मा राखेको विषय तथ्यमा आधारित हुनुपर्ने बताए । यदि यो विषय तथ्य नभएको पाइए रेकर्डबाट हटाउने सभामुखले आश्वासन दिएपछि बैठक अगाडि बढेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन-संवादः विपिन जोशीको रिहाइका लागि आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग

देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो

-केपी शर्मा ओली कोशी प्रदेश म आफैँसमेत निर्वाचित भएको प्रदेश हो । त्यसकारण

क्रिकेट संघले गर्‍यो क्रिकेट खेलाडीको वर्गीकरण(सूचीसहित)

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट खेलाडीको वर्गीकरण सार्वजनिक गरेको

अग्रिम जमानतको कानुनी प्रबन्ध गर्दैछौँ : कानुनमन्त्री चौरसिया

वीरगञ्ज । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले अन्य लोकतान्त्रिक मुलुकमा जस्तै