पूर्वराजाका समर्थकहरूले संविधान विपरीत कार्य गरेका छन्, सरकारले नियन्त्रण गरोस्ः एमाले



काठमाडौं । नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधि नियन्त्रण गर्न माग गरेको छ । मंगलबारको प्रतिनिधिसभा बैकठमा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले राष्ट्रहित विपरीतको कार्यलाई गम्भीरताका साथ लिन सरकारलाई आग्रह गरेका हुन् ।

उनले संविधानको पालना गर्नु प्रत्येक नागरिकले पालना गर्नुपर्ने लेखिएपनि पूर्वराजा र उनका समर्थकहरूले संविधान विपरीत कार्यहरू गरेकाले सरकारले त्यसलाई नियन्त्रण गर्नुपर्ने बताए ।

उनले भने, ‘समाजमा संविधानविपरीत काम भइरहेको छन् । पञ्चायकालीन राष्ट्रियगान गाउने मुलुकको राष्ट्रिय गानको अपमान गर्ने अवमूल्यन गर्ने यस खालको संविधानविरोधी गतिविधिहरू भइरहेका छन् । यी सबै कामहरू गर्न पूर्वराजा ज्ञानेन्द्र शाह स्वयंले उक्साइरहेका छन् । उनको उपस्थितिमा यी सबै कामहरू भइरहेका छन् ।’

उनले रावावादीको प्रदर्शनमा उत्तर प्रदेशका मुख्यमन्त्रीको तस्बिर देखिएको भन्दै यो कहाँबाट परिचालित भएको भन्ने कुरा स्पष्ट भएको बताए ।

उनले भने, ‘राजावादीको प्रदर्शनमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्रीको पोस्टरहरु देखिए । यो हाम्रो संविधान विपरीतको कार्य हो । यो राष्ट्रहित प्रतिकूल हुने कार्य हो। यसलाई कानुनी दायरामा ल्याउनुपर्छ, यसलाई सरकारले गम्भीरताका साथ लिनुपर्छ, नियन्त्रणमा राख्नुपर्छ।’

उनले संग्रहालयमा थन्किएको राजतन्त्रले हुकुमप्रमांगीबाट देश चलाउने दिवा सपना नदेख्न चेतावनी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सङ्घीय सरकारले कानुन बनाउने र विकासका सम्पूर्ण काम प्रदेश सरकारलाई दिँदा देश बन्दैनः उपप्रधानमन्त्री पौडेल

काठमाडौँ । प्रतिनिधि सभामा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’

प्रतिनिधिसभामा सुशासनसम्बन्धी विधेयक प्रस्तुत

काठमाडौँ । प्रतिनिधिसभामा ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन

के हुन सक्छन् मानसिक रोगका कारण ?

-डा. निराकारमान श्रेष्ठ हाम्रो परिवारका सदस्य वा छिमेकका मानिसहरु बाहिरबाट हेर्दा स्वस्थ्य देखिए

गणतन्त्रमा हुर्किएका नयाँ शक्तिलाई झुटा मुद्दा लगाएर सरकारले दमन गर्योः सांसद गौतम

काठमाडौँ । प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा सांसदहरुले गणतन्त्रवादी शक्ति एक जुट हुँदै