मुकुल ढकालको जिकिरः रवि दाइले भित्रिरूपमा देउवा र ओलीसँग सम्झौता गरिसक्नुभो
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री डा. मुकुल ढकालले रास्वपा सभापति रवि लामिछानेले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भित्री रूपमा सम्झौता गरेको दाबी गरेका छन् ।
सोमबार सामाजिक संजालमार्फत ढकालले रास्वपा सभापति लामिछानेले देउवा र ओलीसँग भित्री रूपमा सम्झौता गरेको दाबी गरेका हुन् ।
उनले लेखेका छन्, ‘रवि दाइले भित्रिरूपमा देउवा र ओलिसँग सम्झौता गरेछन् । मुद्दा कमजोर बनाइदिने, र राजातिर भड्किएको जमातलाई फेरि आफूतिर तानेर राजावादी मोर्चालाई कमजोर बनाउने सम्झौता भएको बुझ्न सकिन्छ । पहिला पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरि पासपोर्ट काण्डमा यस्तै सम्झौता भएकै थियो । अन्य अवस्थामा रविन्द्र मिश्रजस्तै मार्ग परिवर्तन गरि राजाको पक्षमा लाग्ने आन्तरिक रणनीति बुनिरहेका छन् ।’