कर्मचारीलाई सरकारले नोकर ठानेर व्यवहार गर्छ भने त्यस्ता कर्मचारीको पक्षमा उभिन्छौँः अध्यक्ष लिङ्देन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कर्मचारीलाई सरकारले आफ्नो कारिन्दा मात्रै नठान्न चेतावनी दिएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष लिङ्देनले कर्मचारीलाई नोकर ठानेर व्यवहार गर्छ भने त्यस्ता कर्मचारीको पक्षमा उभिने बताएका हुन् ।

उनले झुटा कुरा मन्त्रीले गर्न नहुने बताए । उनले भने, ‘सत्तापक्ष माननीयले पनि एउटा कर्मचारीलाई बोकेर नहिँड्नुस् भन्नुभयो । कर्मचारीलाई सरकारले आफ्नो कारिन्दा मात्रै ठान्छ, नोकर ठानेर व्यवहार गर्छ भने त्यस्ता कर्मचारीको पक्षमा उभिन्छौँ । अन्याय हुन दिन्नौंँ ।’

अध्यक्ष लिङ्देनले परिस्थिति नबिगार्नू भन्दै पछि हट्न उर्जामन्त्रीलाई आग्रह गरे । उनले ३५ अर्ब घाटामा रहेको प्राधिकरणलाई ८ वर्षमा ५२ अर्ब खुद नाफामा लाने कुलमानप्रति ऊर्जामन्त्रीले झुटा विवरण प्रस्तुत गर्दा जलविद्युत क्षेत्रमा नकारात्मक सन्देश जाने बताए ।

लिङदेनले व्यक्तिगत आकांक्षा पूर्तिका लागि संस्थाको हित विपरीत कार्य नगर्न ऊर्जामन्त्रीलाई सुझाव समेत दिए । बैठकमा ऊर्जामन्त्री दीपक खड्काले कुलमानबारे उठेको प्रश्नको जवाफ दिएका थिए । उनले कर्मचारीलाई बोकेर नहिँड्न सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रौतहटको गरुडा बजारका सबै निजी अस्पताल अवैध

रौतहट । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध रुपमा सञ्चालन भइरहेका अस्पताल

सरकारका विरुद्धमा गलत भाष्य निर्माण गर्न खोजियो : मन्त्री अधिकारी

नवलपरासी ।  कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले वर्तमान सरकारका विरुद्धमा गलत भाष्य

स्थिर सरकार बने मात्र राजनीतिक स्थायित्व हासिल गर्न सकिन्छ : महासचिव पोखरेल

गलकोट । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्थिर सरकार बने मात्रै राजनीतिक स्थायित्व

एउटा चक्काविनै काठमाडौं आइपुग्यो जनकपुरबाट बुद्ध एयरको जहाज

काठमाडौं । जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजको चक्का खसेको छ ।