ट्रम्पले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध निम्त्याउन लागेको आरोप लगाएपछि भएन खनिज सम्झौता
बीबीसी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सकारात्मक वार्तापछि शुक्रबार व्हाइट हाउस छोड्ने आशामा थिए । अनि राष्ट्रपति ट्रम्प युक्रेनसँग खनिज सम्झौतामा हस्ताक्षर हुने आशामा थिए ।
तर ह्वाइट हाउसमा भएको वार्तामा दुई राष्ट्रपतिबीच चर्का चर्की भएपछि दुवैको आशा निराशामा परिणत भएको छ । ट्रम्पले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध निम्त्याउन लागेको आरोप लगाएपछि वार्ता भाँडिएको छ ।
ट्रम्पले जेलेन्नस्कीलाई शान्तिका लागि तयार भएर मात्रै अर्को वार्तामा आउन भनेका थिए । ट्रम्प चर्को रुपमा प्रस्तुत भएपछि जेलेन्नस्की बैठककको निर्धारित समयअघि नै हिंडेका थिए ।
जेलेन्स्कीले ट्रम्पसँगको विवाद ‘राम्रो नभएको’ र सम्बन्ध बचाउन सकिने प्रतिक्रिया दिएका छन् । उता ट्रम्पले शान्तिका लागि तयार भए जेलेन्स्की फिर्ता आउन सक्ने बताए ।