स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक, चैत ५ मा मतदान
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । फागुन १९ गते संघ तथा संगठन दर्ता, २६ फागुनमा उम्मेदवारका लागि मनोनयनपत्र वितरण गर्ने र २७ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ ।
मतदान भने चैत ५ गते हुनेछ । चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदानका लागि समय तोकिएको छ ।