कांग्रेस सभापति देउवा भारत भ्रमणमा जाँदै



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएका छन् । सभापति देउवा भारतको प्रयागराजमा चलिरहेको महाकुम्भको अवसर पारेर बिहीबार भारत भ्रमण जान लागेका हुन् ।

इन्डिया फाउन्डेसनको आयोजनामा हुन लागेको ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एन्ड सस्टेनेबेलिटी’ कार्यक्रमको वक्ताको रूपमा देउवा भारत जान लागेका हुन् ।

शुक्रबार र शनिबार हुने कार्यक्रममा देउवाले समिटलाई सम्बोधन गर्नेछन् । कार्यक्रममा भुटानका विदेशमन्त्री, गुयानकी फस्ट लेडी, मलेसियाका मन्त्री, मौरिसका मन्त्रीलगायतका विदेशी पाहुना पनि सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सम्पत्ति शुद्धीकरण निवारणमा एफएटिएफको ‘ग्रे लिष्ट’ मा पर्यो नेपाल

काठमाडौँ । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनको परिपालनामा चुक्दा नेपाल वित्तीय कारबाही कार्यदल (फाइनान्सियल

कांग्रेस र एमालेले अर्को चुनाव मिलेर लडुन्, मेरो शुभकामना छः प्रचण्ड

कास्की । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले

माओवादीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको मुद्दा लिएर जनजागरण अभियान सञ्चालन गर्ने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले यही फागुन १२ गतेदेखि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति

स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक, चैत ५ मा मतदान

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।