सबै अध्यादेश संसदबाट पारित हुने सरकारका प्रवक्ताको दाबी
काठमाडौं । सरकारले सबै अध्यादेश सदनबाट पारित हुने विश्वास व्यक्त गरेको छ । बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलमा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सबै अध्यादेश संघीय संसद्बाट पारित हुने दाबी गरेका हुन् ।
उनले भूमिसम्बन्धी अध्यादेश पारित नहुने हल्लामात्रै भएको बताए । उनले जनता समाजवादी पार्टी नेपालले यसबारे कुनै आधिकारिक निर्णय नगरेको बताए ।
उनले अध्यादेशमा सहमति खोज्न दलहरूसँग छलफल भइरहेको र संक्रमणकालीन अवस्थामा नै रहेको बताए ।