बालेन भन्छन् -तिम्रा पीडककाविरूद्धमा मुद्दा नचल्ने बनाइएछ, नआत्तिनु, समय आउँछ
काठमाडौं । काठमाडौं महानरपालिकाका मेयर बालेन साहले घरेलु बाल श्रमिक राखेको आरोप लागेकी लुम्बिनी प्रदेश सभाकी सांसद रेखाकुमारी शर्मालाई मुद्दा नचलाई उन्मुक्ति दिन लागिएको भन्दै आपत्ति जनाएका छन् ।
मंगलबार सामाजिक संजालमार्फत मेयर साहले सरकारले अहिले उन्मुक्ति दिएपनि त्यसको समय आउने बताएका हुन् ।
उनले लेखेका छन्, ‘सरी नानु, तिम्रा पीडककाविरूद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनु । समय आउनेछ । यस्तै विभेद, अपराध मास्न अनि ति कुकर्म गर्नेहरूलाई तहलगाउन तिमी र तिमी जस्तै धेरै नानीबाबुले पढ्न पर्छ । समाज बुझ्न पर्छ ।’
एमालेकी प्रदेश सांसद शर्मालाई मुद्दा चलाउन नपर्ने राय सहित जिल्ला सरकारी वकिलको कार्यालयले महान्यायाधिवक्ताको कार्यालयमा फाइल पुर्याएको छ ।
सांसद शर्माको घरमा ६ वर्षदेखि काम गरिरहेकी एक नाबालिकाले आफूमाथि कुटपिट हुने गरेको बताएकी थिइन् । त्यसपछि काठमाडौं महानगरको टोलीले उनको उद्दार गरेको थियो ।