संसदमा रामहरिले रविविरुद्ध बोलेपछि…



काठमाडौं । मंगलबार प्रतिनिधिसभाको बैठक राम्रैसँग चलिरहेको थियो । आकस्मिक र शून्य समय सकिएर विशेष समय सुरु हुन लाग्दै थियो नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उठेर समय मागे ।

सभामुखको अध्यक्षता उपसभामुख इन्दिरा रानाले गरिरहेकी थिइन् । खतिवडाले हात उठाएपछि रानाले उनलाई बोल्न समय दिइन् । खतिवडाले रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री हुँदा नेपाल प्रहरीको दुरुपयोग गरेको भन्दै फेहरिस्त प्रस्तुत गर्न थाले । त्यसमा सुरुमा रास्वपाले आपत्ति जनायो । त्यसपछि माओवादीले पनि आपत्ति जनायो । त्यसपछि प्रतिनिधिसभा बैठक नै स्थगित गर्नुपर्ने अवस्था आयो । आखिर खतिवडो के बोलेका थिए त ?

खतिवडाले रवि गृहमन्त्री हुँदा एक नम्बरलाई नबनाएर १५ नम्बरलाई बढुवा गरेको बताए । उनले भने, ‘नेपाल प्रहरीलाई दुरुपयोग गरियो भन्ने कुरा सुन्नमा आयो । तर, हामीले को गृहमन्त्री हुँदा देखेका थियौँ– एक नम्बरलाई नबनाएर १५ नम्बरलाई प्रोमोसन गरेको । आईजीलाई समितिमा बोलाएर निर्दोष छ भनेर कानेखुसी गरेको पनि सुन्यौँ । कसले दुरुपयोग गर्यो ? हामीले हेर्नुपर्ने बेला भएको छ । प्रहरीमा हाइजम्प, लङजम्प गरियो । दुई ब्याच पछाडिकोलाई प्रोमोसन गरियो । त्यति मात्र होइन, प्रहरीमा ५२ दिन नपुगी सरुवा गरेर आफ्नो मान्छे लगियो, त्यसको जवाफ चाहियो ।’

त्यस्तै खतिवडाले बहस गर्ने वकिललाई झ्यामझ्याम गालामा हान्दै सडकमा घिस्याउने कामको सुरुवात गरेको भन्दै रास्वपाप्रति कटाक्ष गरे । उनले भने, ‘बहस गर्ने वकिललाई झ्यामझ्याम गालामा हान्दै सडकमा घिस्याउने कामको सुरुवात भयो । अदालत मुद्दा चलिरहँदा बाहिर जिन्दावाद र मुर्दावाद भन्ने प्रचलन सुरु भयो । यो कसले गरेको सभामुख महोदय ?’

खतिवडाको भनाइप्रति रास्वपाका सांसद गणेश पराजुलीले नियमापत्ति जनाए र उनको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे । तर उपसभामुख रानाले अध्ययन गर्न सचिवालयलाई निर्देशन दिइन् । यसपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पनि नियमापत्ति जनाए ।

उनले संसद नियमावली अनुसार नचलेको भन्दै आपत्ति जनाए । त्यसपछि प्रतिपक्षी सांसदहरुले उठेर विरोध जनाइरहे । यसैबीचमा सभामुख देवराज घिमिरे आइपुगे र प्रतिपक्षी सांसदहरुलाई बस्न आग्रह गरे । प्रतिपक्षी सांसदले बोल्न माग गर्दा सभामुखले समय नदिएपछि उनीहरुले उभिएर विरोध गरिरहे । त्यसपछि बैकठ १५ मिनेटका लागि स्थगित भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सामाजिक सञ्जालसम्बन्धी विधेयक जसरी पनि संसद्बाट पास गर्छौं : सञ्चारमन्त्री गुरूङ

काठमाडौं । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक जसरी पनि

माधव नेपाल र विप्लवसँग पार्टी एकताको कुरा भइरहेको छः अध्यक्ष प्रचण्ड

काँक्रेविहार (सुर्खेत)। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

पुराना दलले संसदीय अभ्यास बिर्सिएका सांसद झाको आरोप

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले पुराना दलले नै

बालेन भन्छन् -तिम्रा पीडककाविरूद्धमा मुद्दा नचल्ने बनाइएछ, नआत्तिनु, समय आउँछ

काठमाडौं । काठमाडौं महानरपालिकाका मेयर बालेन साहले घरेलु बाल श्रमिक राखेको आरोप लागेकी