ऋण नै लिनु हुँदैन भन्नु नेपाललाई सदैव पछि धकेल्ने कोसिस हो



-शंकर पोखरेल
नेपालमा केही वर्षदेखि सरकारी ऋणको विषयमा बहस सुरु भएको छ । नेपाललाई ऋणको पासोमा डुबाएको आरोप लाग्ने गरेको छ । आय र व्ययका बीचमा सन्तुलनकायम गर्न आन्तरिक र वाह्य ऋण लिने प्रचलन सबैतिर हुन्छ । तर त्यसको सदुपयोग कि दुरुपयोग भन्ने विषय मुख्य कुरा हो । ऋण नै लिनु हुँदैन भन्नु नेपाललाई सदैव पछि धकेल्ने कोसिस हो । यो प्रकारको चिन्तन विकास विरोधी हो । अझ आफूलाई विकासको हिमायती र योजनाकारका रुपमा चित्रण गर्नेहरुले नै ऋणको त्रास सिर्जना गर्नु त झनै उदेक लाग्दो कुरा हो ।

अमेरिका कुल गार्हस्थ उत्पादनको १२५ प्रतिशत माथिको सरकारी ऋण भएको मुलुकमा पर्दछ । जापानमा सरकारी ऋण कुल गार्हस्थ उत्पादनको २३६ प्रतिशत भन्दा माथि छ । जबकी नेपालमा सरकारी ऋण कुल गार्हस्थ उत्पादनको ४० प्रतिशतको हाराहारीमा मात्र छ । तर नेपाल ऋणमा डुब्यो । केपी ओलीले मुलुकलाई ऋणको पासोमा डुबाए भनेर हल्ला गरिँदैछ । तर नेपाल दक्षिण एशियामै कम सरकारी ऋण भएको मुलुक पर्दछ ।

तर नेपालको भन्दा कयौं गुणा बढी सरकारी ऋण भएका मुलुकहरुमा नेपालमा जस्तो सरकार ऋणमा डुब्यो भनेर हल्ला गरेको सुनिँदैन । तीव्र विकास र ठूला पूर्वाधार निर्माणका लागि सरकारले ऋण लिएर श्रोत जुटाउनु स्वभाविक नै मानिन्छ । तर त्यस्ता आयोजनाहरु मुलुकको अर्थतन्त्रको विकास र प्रतिफल दिने खालको भने हुनुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीसँग न्युजिल्याण्डका उपप्रधानमन्त्रीको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग न्युजिल्याण्डका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री विन्स्टन पिटर्सले शिष्टाचार

भिजिट भिसामा मेरो कुनै संलग्नता छैन, यो आक्रमण राजनीतिक पूर्वाग्रहले प्रेरित छः गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी

सत्तापक्ष र विपक्षी अडानबाट पछि नहटेपछि संसद बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ । बुधबार बिहान ११

राष्ट्रियसभाको बैठकमा प्रतिनिधिसभाका सांसद पुगेपछि…

काठमाडौँ । ‘भिजिट भिषा’ प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलले गृहमन्त्रीको राजीनामा माग्दै