कहिलेसम्म शिक्षा क्षेत्रलाई दलगत राजनीतिले ब्यारेक बनाएर राख्ने ?



सुमना श्रेष्ठ ।

अहिले प्रतिनिधिसभा सदस्यको भूमिकामा छु । दुई वर्षदेखि संसदमा र लगभग चार महिना मन्त्रालयमा काम गर्दाको अनुभवले मलाई एउटा निष्कर्षमा पुर्यायो—राजनीतिक पार्टीहरूको दलीय हस्तक्षेपले हाम्रो शिक्षा र प्रशासनलाई तहसनहस बनाएको छ । नेपालका राजनैतिक दलहरूले शिक्षा क्षेत्रमा गरिरहेको दलीय राजनीति विद्यार्थीको भविष्यमाथि गरेको खेलबाड हो । शिक्षाक्षेत्र बिग्रिनुमा मात्र हैन मिटर ब्याज पीडित, सहकारी बचतकर्ताको समस्या बढ्नु र भ्रष्टाचार नियन्त्रण नहुनु पनि दलीयकरणको परिणाम हो ।

मनमा अनगिन्ती प्रश्नहरू उठेका छन् । आम सर्वसाधारण एकातर्फ सार्वजनिक शिक्षा धान्न सरकारलाई कर तिरिरहेका छन् । अर्कोतर्फ सार्वजनिक शिक्षा गुणस्तरीय र विश्वसनीय हुन सकेको छैन । शिक्षाजस्तो राष्ट्रनिर्माणको जग नै कमजोर भएपछि उत्पन्न निराशाले युवाहरू देश छोडिरहेका छन्। शिक्षाक्षेत्र एउटा प्रतिनिधिमूलक क्षेत्र मात्र हो । देश धान्ने मुख्य संस्थाहरूमा यो प्रवृत्ति सर्वत्र छ। दलहरूको स्वार्थको लागि विद्यार्थीहरूले आफ्नो सपना गुमाउनुपर्ने हो ? नेताका निहित स्वार्थमा कहिलेसम्म हाम्रो बालबालिकाले आफ्नो अधिकार त्याग्नुपर्ने हो ? कहिलेसम्म शिक्षा क्षेत्रलाई दलगत राजनीतिले ब्यारेक बनाएर राख्ने हो ? केही सय कार्यकर्ताको लागि लाखौँ विद्यार्थीहरूले कहिलेसम्म त्याग गर्नुपर्ने हो ? लाखौँ अभिभावकहरूको लगानी र भविष्यको आशामाथि कुठाराघात कहिलेसम्म ? भ्रष्टाचारको अखडा बनेको शिक्षा क्षेत्रलाई दलीय हस्तक्षेप मुक्त कहिले बनाउने हो ? होइन, कति पुस्ताले गुमाउनु पर्ने हो ? के यो देश कहिले पनि नबनाउने हो ?

नेपाली मात्र भएर किन पुग्दैन नेपालमा ? एउटा सामान्य काम गर्न पनि कुनै न कुनै दलको झण्डा मुनि नै बस्न पर्ने किन? किन जहिले पनि एउटा “चिनेको मान्छे“ नभई केही काम नबन्ने ? यिनै प्रश्न मेरो जस्तै तपाईंको मनमा पनि छन् होला । यिनै धाराप्रवाह प्रश्नहरूको बीचबाट तपाईँहरूको बीचमा तपाईंहरूकै भोगाइको गहिराई बुझ्न म वीरगन्जदेखि काठमाडौँसम्म यात्रा गर्दैछु । यो यात्रा एउटा जनप्रतिनिधिको रुपमा गरिएको पहल हो । यो यात्रामा शिक्षक, विद्यार्थी, अभिभावक, नागरिक समाज, युवा, र मिडियासँग संवाद गर्दै, यी प्रश्नहरूको जवाफ खोज्दै अगाडी बढ्नेछु । तपाईँलाई यात्रासँग सम्बन्धित कुनै सूचना वा जानकारी आवश्यक परेमा ९८६५९३६४७७ मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईँको सहभागिता र सुझाव यो यात्राको सफलता र सुशासनका लागि महत्त्वपूर्ण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेस-एमालेले ‘तपाईंलाई महाभियोगको लगाएर निकाल्छौं ‘भनेपछि राष्ट्रपति धर्मसंकटमा पर्नुभयोः प्रचण्ड

दाङ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेले राष्ट्रपतिलाई महाभियोगको

प्रधानमन्त्रीको आग्रहः सरकार परिवर्तन हुन्छ भनेर अस्थिरता मच्चाउने तत्वहरुले चलाएको हल्लाको पछि नलाग्नुस्

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीन भएको

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लामा आवतजावत सहज हुने

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य टनेलको शुक्रबार ‘ब्रेक

चौतर्फी विरोधपछि मधेस सरकारले लियो प्रदेशको कामकाजी भाषा सम्बन्धी विधेयक फिर्ता

जनकपुरधाम । मधेस प्रदेश सरकारले प्रदेशसभाबाट प्रदेशको कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको