इरानी सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या, एक घाइते
रोयटर्स । तेहरानमा सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या गरिएको छ । शनिबार सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या गरिएको न्याय मन्त्रालयले जनाएको छ ।
आक्रमणकारीले सर्वोच्च अदालतबाहिर न्यायाधीशहरूमाथि गोली चलाएर आत्महत्या गरेको बताइएको छ । मारिनेमा न्यायाधीशद्वय अयातोल्लाह मोहम्मद मोगिसेह र अली रजिनी छन् । इरानी सञ्चारमाध्यमका अनुसार एकजना न्यायाधीशका अंगरक्षक पनि घाइते भएका छन् ।
हत्याको कारण स्पष्ट हुन सकेको छैन । मोगिसेह राजनीतिक बन्दीहरूको रूपमा वर्णन गरिएका व्यक्तिहरूको परीक्षणमा संलग्न थिए । आक्रमणकारीले सर्वोच्च अदालतका तीन जना न्यायाधीशलाई निशाना बनाएको बताइएको छ ।