प्रचण्डलाई शंकर पोखरेलको प्रश्नः तपाई प्रधानमन्त्री हुँदा हिउँदे अधिवेशन माघको अन्तिम सातामा बोलाएको विर्सनु भयो ?



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई हिउँदे अधिवेशन नबोलाएकोमा चिन्ता नगर्न आग्रह गरेका छन् ।

शनिबार राति सामाजिक संजालमार्फत पोखरेलले आफू प्रधानमन्त्री हुँदा माघको अन्तिम साता अधिवेशन बोलाएको कुरा नबिर्सन आग्रह गरेका हुन् ।

माओवादीसहित सात विपक्षी दलले शुक्रबार तत्काल हिउँदे अधिवेशन नबोलाए विशेष महाधिवेशन बोलाउन माग गर्ने बताएपछि पोखरेलको यस्तो भनाई आएको हो ।

पोखरेलले भनेका छन्, ‘प्रचण्डजी प्रधानमन्त्री हुँदा हिउँदे अधिवेशन माघको अन्तिम सातामा बोलाएको विर्सनु भएछ कि क्या हो । उहाँलाई अहिले माघको पहिलो हप्तामै हिउदे अधिवेशन नडाकेकोमा ठूलो चिन्ता भएछ । अनि उहाँले प्रतिपक्षमा रहेका दलहरुको बैठक डाकेर विशेष अधिवेशन वोलाउने घुर्की समेत लगाउनु भएछ । विशेष अधिवेशनले हिउँदे अधिवेशनको आवश्यकता पूरा गर्दैन भन्ने उहाँलाई हेक्का त होला नै । तर पनि विपक्षी दलको नेता भएसी घुर्की त लगाउनै पर्यो क्यारे ! होइन त ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पेट्रोलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार

‘भूमिसम्बन्धी अध्यादेश ल्याउँदा विचार गर्नुपथ्र्यो’

काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सरकारले सत्तारुढ दलहरुसँग छलफल नै नगरी

माधव नेपालको सुझावः हामीले विद्रोह गरेकोमा प्रश्न उठाउनेले वामदेव र भीम रावललाई हेर्नु

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले केपी ओलीको निजी आदेश

अनुहारमा जलन भएकाले अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वासनली र फोक्सोमा असर गरेको आशंका, उच्च निगरानीमा उपचार हुँदै

काठमाडौँ । आगोको ज्वालाले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल