कांग्रेसका मन्त्रीहरु महिनामा एकदिन पार्टी कार्यालय पुग्नैपर्ने, नागरिकसँग सातामा दुई दिन भेटघाट(निर्देशनसहित)



काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार संचालनमा कांग्रेस र एमालेबीच कुनै समस्या रहेको बताएका छन् ।

बिहीबार आफ्नै निवास बुढानीलकण्ठमा बसेको कांग्रेस कार्यसमिति सदस्य र मन्त्रीहरूको संयुक्त बैठकमा सभापति देउवाले एमाले र कांग्रेसको सहमतिअनुसार अघि बढ्ने र दुई दलबीचमा कुनै समस्या नरहेको बताएका हुन् ।

गृहमन्त्री रमेश लेखकले एमाले र कांग्रेसको सहमतिअनुसार अघि बढ्ने र दुई दलबीचमा कुनै समस्या नरहेको सभापतिले बताएको जानकारी दिए ।

बैठकले सरकारमा पार्टीकातर्फबाट सहभागी मन्त्रीहरुलाई सा बुँदे निर्देशनसमेत दिएको छ । सरकारलाई प्रभावकारी र सफल बनाउन सक्रिय ढंगले कार्य गर्ने तथा महत्त्वपूर्ण विषयमा नियमित छलफल गर्ने, विभिन्न समितिमा विचाराधीन विधेयकलाई टुंगोमा पुरयाउन सक्रियता साथ कार्य गर्ने, आ–आफ्नो मन्त्रालयको कार्यक्षेत्रमा रहेका विगतदेखिका भौतिक परियोजना र अन्य कार्यक्रम सम्पन्न गराउने प्रक्रियामा गति बढाउन मन्त्रीहरुलाई निर्देशन दिएको छ ।

त्यस्तै, चालू आर्थिक वर्षको बजेटमा परेका, तर स्रोत सुनिश्चितताको पर्खाइमा रहेका, टेन्डर हुन नसकेका, निर्माण सुरु भएका, तर अपेक्षित गतिमा काम नभइरहेका विकास योजना सम्पन्न गर्न गराउन आवश्यक पहलकदमी लिन पनि कांग्र्रेसले निर्देशन दिएको छ ।

त्यसैगरी मन्त्रीहरुले हप्तामा २ निश्चित दिन खुल्ला भेटघाट गर्ने, नागरिकको गुनासो सुन्ने, सुझाव लिने बाँकी ५ दिन सम्पूर्ण रुपले मन्त्रालयको काममा केन्द्रित हुनुपर्नेछ ।

सांसदहरुको चासो, सुझाव र अपेक्षालाई छलफलमार्फत संसदीय दल कार्यसमिति र मन्त्रीहरूले समन्वय गर्ने तथा पार्टीको प्रदेश समिति, जिल्ला, क्षेत्र एवं स्थानीय तहहरूमार्फत पार्टी केन्द्रीय कार्यालयमा आउने गरेका नागरिकका सुझाव र मागहरूका सम्बन्धमा महिनामा एकपटक पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भएर गुनासो र सुझाव लिन पनि कांग्रेसले मन्त्रीहरुलाई निर्देशन दिएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा कांग्रेसकातर्फबाट १० मन्त्री र दुई राज्यमन्त्री सहभागी छन् । बैठकमा मन्त्रीहरूले आ–आफ्नो मन्त्रालयको काम, आइपरका समस्या र गुनासोबारे सभापति देउवालाई जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भूकम्प प्रतिरोधी संरचना निर्माण आवश्यक: मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले भूकम्प प्रतिरोधी संरचना निर्माणमा जोड दिएका छन् ।

आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न मिसन प्रमुखहरुलाई परराष्ट्रमन्त्रीको निर्देशन

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले विश्वमा रहेका सबै नेपाली मिसनका प्रमुखहरुलाई राष्ट्रिय

सदन छलेर अध्यादेश ल्याउनु उचित होइनः प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले प्राप्त गरेको

निजामती कर्मचारीलाई ५८ वर्षमा अवकास नदिन सुझाव

  काठमाडौँ । जानकारहरुले नेपालको बदलिँदो जनसाङ्ख्यिक संरचना र स्वरुपअनुसार निजामती सेवालाई समयसापेक्ष