पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिभन्दा पर बसेर सामाजिक परिवर्तनको नायक बन्न विश्वप्रकाशको सुझाव



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सामाजिक अभिभावकको भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

शुक्रबार नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको ‘आमा सपना र ताराहरू’ पुस्तक लोकार्पण कार्यक्रममा महामन्त्री शर्माले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीति भन्दा पर बसेर सामाजिक अभिभावकको भूमिका निर्वाह गर्न आग्रह गरेका हुन् ।

उनले पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा पुनः फर्किन लागेको चर्चा भएपछि यस्तो बताएका हुन् । उनले भने, ‘यदि कसैले मलाई तिम्रो देशको शीतल निवासबाट निस्किएको पूर्वराष्ट्रपतिले के गर्नुपर्छ भनेर सोध्नुभयो भने मैले सामाजिक अभिभावक यो देशलाई चाहिएको छ भन्नेछु । राजनीतिमा आएर कसैको मात्रै बन्ने पनि सुविधा छ । राजनीतिभन्दा पर सामाजिक परिवर्तनको नायक बनेर सबैको बन्ने अवसर पनि छ ।’

पछिल्लो समय पूर्वराष्ट्रपति भण्डारीमा पुनः सक्रिय हुने खबर सार्वजनिक भइरहेका छन् । नेकपा एमालेको एउटा तप्काले भण्डारीलाई पुनः सक्रिय हुन आग्रह गर्दै आएको बताइन्छ । बिहीबार पार्टी सचिवालय बैठकपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीसँग भेटेर दुई घण्टा छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शासकीय जिम्मेवारी लिएका दलहरू नै संघीयताप्रति अनुदारः महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सबै राजनीतिक दल संघीय व्यवस्थाप्रति अनुदार

सभापति देउवाद्वारा पूर्वराष्ट्रपति कार्टर र पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति

‘पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’

  काठमाडौँ । पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न नमिल्ने भूकम्पविद्हरुले

भूकम्पबाट तिब्बतमा ९५ जनाको मृत्यु, भूकम्पछि कयौं परकम्प, सयौं घरमा क्षति

बीबीसी । भूकम्पका कारण तिब्बत क्षेत्रमा कम्तीमा ९५ जनाको मृत्यु भएको र सयौँ