शासकीय जिम्मेवारी लिएका दलहरू नै संघीयताप्रति अनुदारः महामन्त्री थापा



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सबै राजनीतिक दल संघीय व्यवस्थाप्रति अनुदार देखिएका बताएका छन् ।

मंगलबार ‘संघीयता सवलीकरणको कसीमा प्रदेशका सवालहरू’ विषयक छलफलमा महामन्त्री थापाले शासकीय जिम्मेवारी लिएका दलहरू नै संघीयताप्रति अनुदार रहेको बताएका हुन् । उनले नयाँ, पुराना र क्षेत्रीय दल सबै संघीयताप्रति अनुदार देखिएको आफूले पाएको बताए ।

महामन्त्री थापाले संघीय कानुन नबनाए सररकार छाड्छु भनेर कसैले नभन्ने र सरकारमा गएपछि ऊ नै अनुदार देखिने गरेको बताए ।

उनले भने, ‘निजामती विधेयक र प्रहरी विधेयक पारित नहुने भए म सरकारबाट बाहिरिन्छु भनेर आजसम्म कसैले भनेको सुनेको छैन । कसैले भन्दैन । सबैले बाहिर भन्छन् । सरकार चलाउने ठाउँमा गइसकेपछि अधिकारलाई कसरी मुठीमा राखिराख्ने भन्नेमै हुन्छौँ। यसले गर्दा दुर्घटना हुन्छ ।’

उनले मधेस र माओवादी आन्दोलनको पनि निकै ठूलो महत्त्व रहेको बताए । उनले संघीयताको विषयमा कांग्रेस एमालेमा बहस गर्नुपर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाँच लाख ७० हजार घुससहित इन्जिनियर अख्तियारको नियन्त्रणमा

काठमाडौँ । सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय, ओखलढुंगामा कार्यरत इन्जिनियर सन्तोषकुमार

नेपालका हिमाल र पहाडका वातावरणीय महत्वबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा संवाद आयोजनाः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका हिमाल र पहाडका वातावरणीय महत्वबारे विश्वको

निगमले घटायो इन्धनको मूल्य

काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बिहीबार

सभामुखले संसदमा सुनाए सांसद बस्नेतको पद निलम्बनको सूचना

काठमाडौँ । प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत पदबाट निलम्वित भएका छन् । प्रतिनिधिसभाको बिहीबारको