कुँवरको अध्यक्षतामा खस क्षत्री एकता समाजको सुन्दरबजार नगर समिति गठन


लमजुङ । लमजुङको सुन्दरबजारस्थित लक्ष्मीनारायण मन्दिर परिसरमा सम्पन्न खस क्षत्री एकता समाज नेपाल, समन्वय समिति सुन्दरबजारको बृहत् भेलाबाट ध्रुवबहादुर कुँवरको अध्यक्षतामा १६ सदस्यीय सुन्दरबजार नगर तदर्थ समिति सर्वसम्मत रूपमा गठन गरिएको छ।

केन्द्रीय सदस्य तथा लमजुङ जिल्ला सङ्गठन विस्तार संयोजक रामकृष्ण भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खस क्षत्री एकता समाज नेपालका केन्द्रीय अध्यक्ष जितबहादुर घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा अध्यक्ष घिमिरेले खस क्षत्री समुदायको ऐतिहासिक पहिचान, अधिकार, सांस्कृतिक संरक्षण र आपसी सुदृढ एकताका लागि सङ्गठनात्मक विस्तार अपरिहार्य रहेको बताए । सभापतिको आसनबाट बोल्दै जिल्ला सङ्गठन विस्तार संयोजक भण्डारीले स्थानीयस्तरमा खस क्षत्री समुदायलाई थप सङ्गठित गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

नवनिर्वाचित समितिको उपाध्यक्षमा रामबहादुर पाण्डे, र सरस्वती केसी, सचिवमा बुद्धिबहादुर खड्का, सहसचिवमा नारायणबहादुर कुँवर र कोषाध्यक्षमा उमा पराजुली चयन भएका छन् ।

त्यसैगरी समितिको सदस्यहरूमा रामकृष्ण भण्डारी, किरण कुँवर, श्यामबहादुर केसी, सन्तोषी गौली, नारायण थापा, राजबहादुर क्षेत्री, राजेन्द्र क्षेत्री , शान्ता सापकोटा, सुस्मिता शाही र ईश्वर कुँवर छन् ।

कार्यक्रमको सञ्चालन नवगठित समितिका सचिव बुद्धिबहादुर खड्काले गरेका थिए । भेलामा स्थानीय बुद्धिजीवी, समाजसेवी तथा खस क्षत्री समुदायका प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहेको थियो।