प्रधानमन्त्रीको चीन भ्रमण तयारीको नेतृत्व आरजुले गर्ने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीको संयोजनको जिम्मा परराष्ट्रमन्त्री डा. आरजु राणालाई दिइएको छ ।

मंगलबार बसेको कांग्रेस एमालेको दुई दलीय राजनीतिक संयन्त्रको बैठकले प्रधानमन्त्रीको चीन भ्रमणको तयारीको संयोजनको जिम्मेवारी परराष्ट्रमन्त्री राणालाई दिइएको हो ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, चिनियाँ प्रधानमन्त्री लि छियाङको निमन्त्रणामा आगामी डिसेम्बर महिनामा हुने सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको मित्रराष्ट्र चीनको औपचारिक भ्रमणको तयारीको संयोजन प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गर्ने । दुई नेताको निर्देशन अनुरुप संयन्त्रको कार्यदलले भ्रमणका लागि आवश्यक गृहकार्यमा सहजिकरण गर्ने ।’

चिनियाँ प्रधानमन्त्री ली छ्याङले आगामी २–६ डिसेम्बर (मंसिर १७–२१) मा प्रधानमन्त्री ओलीलाई चीन भ्रमणको निम्तो पठाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
छठ पूजाका लागि धपक्कै बल्यो कमलपोखरी(फोटोफिचर)

काठमाडौं । छठ पर्वको रौनक यतिबेला काठमाडौं उपत्यकामा पनि बढेको छ । काठमाडौँ

एमाले काठमाडौँद्वारा उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस

काठमाडौं । नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीले आगामी उपनिर्वाचनका लागि उम्मेदवारको सिफारिस गरेको

उपनिर्वाचनका लागि कांग्रेसले खटायो सातै प्रदेशमा केन्द्रीय नेता

काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा समन्वय

सरकारका कामलाई थप प्रभावकारी बनाउन कांग्रेस र एमालेद्वारा आठ सदस्यीय संयन्त्र गठन

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले सरकारलाई सफल बनाउन आठ सदस्यीय संयन्त्र