कोशीका आन्तरिक मामिलामन्त्री अधिकारीद्वारा पदबाट राजीनामा



विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन् । मन्त्रिपरिषद्बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको भन्दै विवादमा परेपछि मन्त्री अधिकारीले बुधबार राजीनामा दिएका हुन् ।

उनले बुधबार बिहान मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा बुझाएका छन् । मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले मन्त्री अधिकारीले राजीनामा बुझाएको जानकारी दिए ।

मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने व्यवस्था छ । तर मन्त्री अधिकारी मन्त्रिपरिषद्को स्वीकृति नलिई जापान भ्रमणमा गएका थिए । मन्त्री अधिकारी कात्तिक १३ गते टोकियो महानगरले आयोजनामा भएको कार्यक्रममा भाग लिन जापान गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्रम्पलाई राष्ट्रपति पौडेलले दिए बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित हुनुभएकामा

आशामै बित्यो काभ्रेका बाढीपीडितको एक महिना

पेमा लामा, धुलिखेल । अविरल परेको वर्षाका कारण रोशी खोलामा आएको बाढीले बस्ने

ह्यारिसलाई पराजित गर्दै ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित

बीबीसी । अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प दोस्रो पटक विजयी भएका

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । प्रधानमन्त्री