राजमार्गमा अलपत्र यात्रीहरुलाई तत्काल उद्धार गरी गन्तव्यमा पुर्याउन सरकारलाई संसदीय समितिको निर्देशन



 

काठमाडौँ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा विभिन्न राजमार्गमा अलपत्र यात्रीहरुलाई तत्काल उद्धार गरेर गन्तव्यमा पुर्याउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको मंगलबारको बैठकले अवरुद्ध राजमार्ग पुनःसञ्चालन तथा वैकल्पिक सहायक मार्गको उचित प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिएको हो ।

सडक यातायात अवरुद्ध भएका बेला अस्वाभाविक रुपमा हवाई भाडा वृद्धि भएकातर्फ सरकारको ध्यानाकर्षण गराउँदै हवाई भाडाको अनुगमन गर्न, सडकको पहुँच नपुगेको जिल्लामा हवाई यातायातको व्यवस्था गर्न, दैनिक उपभोग्य वस्तुको कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धि हुन नदिन बजार अनुगमनलाई प्रभावकारी बनाउन सरकारलाई दिर्नेशन दिइएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए ।

बैठकले सम्भव भएका सबै उपाय अवलम्बन गरी विपद् प्रभावितलाई राहत सामग्री वितरण र पुनःस्थापनाको काम अघि बढाउनसमेत निर्देशन दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इमेज सहकारी ठगी प्रकरणः ढोरपाटनका मेयर देवकुमार नेपाली जेल चलान

बागलुङ  । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पुर्पक्षका लागि जेल चलान भएका

विपदमा खट्नुपर्ने पदाधिकारी मुलुक बाहिर हुँदा प्रतिकार्यमा कमजोरी भएको सरकारले स्वीकार्नुपर्छः रवि लामिछाने

काठमाडौं। सांसदहरूले विपद् प्रतिकार्यमा किन कमजोरी भयो भनी सरकारसँग प्रश्न गरेका छन्। राज्यव्यवस्था

उद्धार र राहतमा क्रियाशील रहन नेता कार्यकर्तालाई कांग्रेसको आग्रह

काठमाडौँ । नेपाली काग्रेसको शुभेच्छुक संस्था समन्वय विभागले राष्ट्रिय विप्दको बेला राहत तथा

प्रधानमन्त्रीको स्वीकारोक्तिः पूर्वतयारीभन्दा ठूलो विपद् आएकाले उद्धार र खोजमा कमजोरी भयो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानका कारण जनताले भोगिरहेका