संविधान संशोधन पान्डोराको बाकस खोलेको जस्तो भयो भने देश सम्हाल्नै नसक्ने खतरामा पुग्छः अध्यक्ष प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई ठूला दलले सत्ता प्राप्तीको लागि संविधान संशोधनको कथा बनाएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले संविधान संशोधनको कुरालाई ख्याल गर्दा सरकारको एजेण्डा संविधान संशोधनको नभएर माओवादीको सरकारलाई हटाएर सत्ता प्राप्ती गर्ने रहेको बताएका हुन् ।

उनले भने,‘मेरो विमति कहाँ छ भने, अहिले दुई ठूला दलले त्यसको मर्म अनुसार अगाडि बढ्नुभएको छैन । २–४ दिनसम्म उहाँहरुको एजेण्डा संविधान संशोधन थिएन । उहाँहरुलाई चाहिएको सरकार थियो । माओवादीको सरकारलाई जसरी पनि हटाउनैपर्ने भयो भनेर संविधानको संशोधनको कथा बनाउनुभयो ।’

प्रचण्डले संविधान संशोधन गर्दा विचार नपुर्याए देश सम्हाल्नै नसक्ने अवस्थामा पुग्न सक्ने बताए । उनले भने,‘संविधान संशोधन निकै संवेदनशील गम्भीर विषय हो । यसमाथि हामीले अलिकति पनि छेडखान गर्ने ढंगले गयौं भने पान्डोराको बाकस खोलेको जस्तो हुने र देश सम्हाल्नै नसक्ने खतरा हुन सक्छ ।’

राजनीतिक दलका शक्तिशाली नेताहरुले नै समानुपातिकता या संघीयता मन नपराउने भन्दै कसरी कार्यान्वयन गराउने भन्ने विषय ठूलो चूनौती रहेको बताए ।

उनले भने,‘संविधान र संघीयता जसरी पनि कार्यान्वयन गर्ने या समावेशी समानुपातिकलाई कार्यान्वयन गर्नेतिर होइन् यसलाई कसरी कमजोर पार्न सकिन्छ भन्ने योजना छ । राजनीतिक दलका शक्तिशालि नेताहरु नै समानुपातिकता या संघीयता मन पराउनुहुन्न । त्यसैले यसलाई कसरी कार्यान्वयन गराउने यो ठूलो चूनौती छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मेलम्ची भ्रष्टाचार मुद्दामा पूर्वसचिव ठाकुरसहित चार जनालाई ८ वर्ष १ महिना कैद सजाय

काठमाडौँ । विशेष अदालतले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका

नेपाली कांग्रेसको संसदीय मामिला विभागमा १० सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको संसदीय मामिला विभागमा १० सदस्य

ओलीलाई सुमनाको प्रश्नः नेपाल फर्किएर आएका महिलाको त माइत हो भन्ने व्यक्तिले कुन नैतिक धरातलदेखि नेपाल फर्क भन्ने हो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले अमेरिका भ्रमणमा

दिगो विकासका लक्ष्य पूरा गर्न वित्तीय स्रोत परिचालन चुनौतीपूर्ण: प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अतिकम विकसित मुलुकहरुलाई दिगो विकासका लक्ष्य प्राप्त