रवि लामिछानेलगायतका सहकारीको रकम अपचलनका दोषीमाथि कडा कारबाही गर्न राष्ट्रिय जनमोर्चाको माग



काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बचाउने गरी ‘सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति’ले प्रतिवेदन बनाएको आरोप लगाएको छ ।

असोज ४ र ५ गते बुटवलमा बसेको केन्द्रीय पार्षद बैठकले समिति लामिछानेलाई बचाउने गरी गठन भएको निष्कर्ष निकालेको हो । बैठकपछि अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गरी लामिछानेलाई जोगाउने उद्देश्यले नै समिति गठन गरिएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति’ वास्तवमा सरकारद्वारा तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई जोगाउने उद्देश्यद्वारा नै गठन गरिएको थियो । समितिले तत्कालीन गृहमन्त्री जोडिएको सहकारी रकम ठगी अपचनल प्रकरणमा अगाडि सारेका तथ्यप्रमाणबाट रवि लामिछाने उपर सहकारीको रकम ठगी र अपचलनका विषयमा लाग्दै आएको आरोप पुष्टि भएको छ ।’

त्यस्तै जनमोर्चाले संसदीय समितिको प्रतिवेदनलाई सरकारले दृढतापूर्वक कार्यान्वयन गर्नुपर्ने माग राखेको छ । सहकारीमा रहेको वचतकर्ताको वचत रकममाथि ठगी र अपचलन गर्ने रवि लगायतका दोषीहरू उपर कडा कानुनी कारबाही हुनुपर्ने बताएको छ ।

बैठकले संसदले हालै पारित गरेको संक्रमणकालीन न्यायसम्बन्धी कानुनले सशस्त्र द्वन्द्व पीडितहरूलाई परिपुरणको लोभ देखाएर उनीहरूलाई न्यायबाट वञ्चित गर्ने षड्यन्त्र गरेकोसमेत आरोप लगाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
१०२ मेगावाटको मध्यभोटेकोशी एक महिनाभित्र केन्द्रीय प्रणालीमा जोड्ने तयारी

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा

नेपालमा अर्थतन्त्रसम्बन्धी आफ्ना सुझाव कार्यान्वयन हुँदै गएकोमा अन्तर्राष्ट्रिय मुद्रा कोष उत्साहित

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को एसिया

ग्रिन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्नेमा प्रधानमन्त्री ओली र महासचिव गुटेरेसको समान मत

न्युयोर्क (अमेरिका) । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्वसहित न्युयोर्क

सातै प्रदेशमा राजनीतिक प्रशिक्षण सञ्चालन गर्दै समाजवादी मोर्चा

काठमाडौँ । समाजवादी मोर्चा नेपालले सातै प्रदेशमा राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको