रविले अब कमजोरी स्वीकार्नुको विकल्प छैनः महासचिव पोखरेल



दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गोरखा मिडिया प्रालिमा सहकारीको पैसा हालेर अनुचित काम गरेको बताएका छन् ।

शनिबार प्रेस चौतारी दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सहकारीको शेयर सदस्य नभएकालाई सहकारीले लगानी गर्नु गैरकानूनी भएको बताए ।

सित्तैमा पैसा लिनु भ्रष्टाचार नै भएको भन्दै महासचिव पोखरेलले भ्रष्टाचारीका पक्षमा जनता लाग्न नहुने बताए । ग्यालेक्सी टेलिभिजनमा कार्यरत रहँदा रविले भ्रष्टाचार गरेको पाखरेलले बताए ।

उने भने, ‘गोरखा मिडिया प्रालिमा रविले विनालगानी १५ प्रतिशत शेयर भएको स्वीकार गरेका छन् ‘विनालगानी शेयरधनी बन्न पाउने नेपालको कानुनले परिकल्पना गरेको छैन । विनालगानी शेयर लिनु भनेको भ्रष्टाचार गर्नु हो ।’

लामिछानेले कमजोरी स्वीकार्नु पर्ने ठाउँमा उल्टै ‘क्लिन चिट’ पाएको हल्ला गर्नु गलत भएको बताए । उनले भने, ‘अनुसन्धानको प्रक्रियामा सामेल हुनुपर्ने व्यक्तिले अनुसन्धानलाई प्रभाव पार्नेगरी आफ्ना भनाइ राख्न थाले । सहकारीको रकम असुरक्षित गर्नेहरुलाई दण्डित गरिनुपर्छ । सहकारीको सदस्य नरहेका व्यक्ति र कम्पनीलाई लगानी गर्न मिल्दैन ।’

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विज्ञानको विरोधाभाष

डा. गोविन्दशरण उपाध्याय । आज बीबीसीमा एउटा विज्ञान चर्चा सुन्दै थिएँ । त्यसअनुसार

पार्टीको सिट सङ्ख्या कम छ भनेर हिनाताबोध नगर्न नेता कार्यकर्तालाई प्रचण्डको आग्रह

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी आन्दोलनकारी शक्तिलाई एकताको

घटस्थापना अघि नै सडक मर्मत गरिसक्न निर्देशन

काठमाडौँ । दसैँ, तिहार र छठ पर्वमा यात्रुलाई सहज रुपमा गन्तव्यस्थलसम्म पुग्नका लागि

समावेशी सहभागिताबारे कयौँ कानुनी प्रावधान भएपनि सहज छैन महिलालाई नेतृत्वमा पुग्न

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले महिलालाई राजनीतिक होस् या कुनै संस्थागत