कुन छिमेकीका लागि हो प्रधानमन्त्रीको यस स्तरको कटु भाषा ?



जेपी गुप्ता ।
प्रधानमन्त्री केपी ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाँदै हुनुहुन्छ । यसअघि उहाँले प्रतिनिधिसभामा बोल्नु भयो । उहाँले बोल्नु भयो,‘नेपाल असल छिमेक सम्बन्धको पक्षमा रहँदै आएको छ । नेपाललाई ‘छुद्र र जाली’ छिमेकी चाहिएको छैन । नेपालले पनि छिमेकको हित चिताउने र आफू पनि छिमेकीबाट त्यस्तै अपेक्षा चाहेका छौं ।’ प्रधानमन्त्रीको कथन भनी हाम्रा संचारमाध्यमहरूमा यस्तै समाचार छ ।

हाम्रा छिमेकीहरू चीन र भारत मात्र हुन् । अरू मुलुकहरू मित्र राष्ट्र हुन्, छिमेकी होइनन् । जोसुकैले बुझ्ने कुरा हो कि प्रधानमन्त्री ओलीले ‘छुद्र र जाली’ छिमेकी चीनलाई भनेको होइन, निःसन्देह भारतलाई भनेको हो । नेपालको भारतसँगको सम्बन्ध कतिपय समयमा चिसो रहेको सत्य हो । तर नेपालका कुनै पनि प्रधानमन्त्रीबाट संसद जस्तो निकायमा भारतको लागि यस स्तरको कटु भाषा प्रयोग भएको लाग्दैन ।

नेपालको छिमेकी को हुने यो हाम्रो रोजाईको बिषय होइन । यो अपरिवर्तनीय छ। शक्ति राष्ट्रहरूले यदाकदा राष्ट्रहरूको भौगोलिक सीमामा नै परिवर्तन ल्याइदिएर छिमेकी बदलिदिएको दृष्टान्तहरू छन् । पाकिस्तानबाट छुट्टिएर बंगलादेश बनेको यसरी नै हो । रूसले अहिले युक्रेनमा यही नै गर्न चाहेको छ । नेपाल आफ्नो स्वाभिमानका साथ रहन त सक्दछ, तर त्यसो गर्न सक्दैन । भारतलाई आफ्ना लागि सहयोगी तथा मित्रवत् बनाउने हाम्रो दायित्व हो । हाम्रो प्रयास त्यसका लागि भइरहनु पर्दछ । मेरो बिचारमा प्रधानमन्त्री ओली र काठमाडौंका मेयरका बीचको जस्तो सम्वाद कुटनीतिमा दुर्भाग्यपुर्ण हुन्छ । नेपालका प्रधानमन्त्री मेयर बालेन र कथित ग्रेटर नेपालका फणिन्द्र नेपालको जस्तो हुनुहुन्न् । यद्यपि, हुन त त्यस्तै भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी

  काठमाडौँ । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने भएका छन्

राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने सङ्कल्प गरौँ : राष्ट्रपति पौडेल

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा

संविधान संशोधनमार्फत प्रदेशसभाको संरचनामा व्यापक परिवर्तन गर्नुपर्छः उपसभापति वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले संविधान संशोधन जनताको

संविधान दिवसका अवसरमा दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना