बालेनले चाहेको भए यसमा सार्थक ‘लिड’ लिन सक्थे



जेपी गुप्ता ।
सामाजिक संजालमा छरपस्ट देखिएको प्रधानमन्त्री ओली र मेयर बालेन बीचको विवाद बिकृत परिणाम दिनेतर्फ उन्मुख छ । संघीयतामा प्रादेशिक तथा स्थानीय निकायहरूलाई क्रमशः शक्तिहीन पार्दै अन्ततः अर्ध–संघवाद (quasi-federalism) मा रूपान्तरित गरिदिने वर्तमान राज्य व्यवस्थाको मानसिक बिरासत मात्र बोकेका हुन् अहिलेका प्रधानमन्त्री केपी ओली । यस सोचको विद्यमानता शेरबहादुर देउवा, प्रचण्ड तथा राप्रपा, रास्वपा आदि सबैमा बरोबरी रहेको छ ।

याद छ ? सिंहदरबारसंग बालेनको पहिलो झगडा डम्पिङ साइटको सवालमा तत्कालिन प्रधानमन्त्री प्रचण्डसँग भयो । यसमा एमाले, काँग्रेस सबैले प्रचण्ड सरकारलाई सघाएका थिए । यसपछि अतिक्रमणकारी बसोबासको सवाल, शहरी विकासका कुराहरू, सम्पदा संरक्षण आदि अनेकन् सवालहरूमा बालेनको गहिरो मतभिन्नता सबै सिंहदरबारका अधिपतिहरूसँग बढ्दै गयो । नयाँ सडकको पेटी विस्तार पछि यो छताछुल्ल भयो । यस सवालमा अप्रगतिशिल राज्य व्यवस्थाका सबै निकायहरू–अदालत, प्रशासन, प्रहरी–जंगी, संसद, साहु–महाजन सबै एकै ठाममा उभिए, सिंहदरबारको पक्षमा । यो सबाल रमिते सवाल होइन । तर, यसको निरूपणका लागि बालेनले अपनाएको बाटो, थुतुनो तिखार्ने बाटोले अब यस गम्भीर सवाललाई विचलन तिर धकेलेको छ ।

सम्झनु होस्, एकपटक बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र त्यसअघि लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले पनि केन्द्रको सरकारले प्रदेशलाई पंगु बनाउन चाहेको आरोप लगाएका थिए । मधेस प्रदेशले त संघीय सरकारकोविरूद्ध सर्वोच्च अदालतमा मुद्दा नै दायर गरेको छ । यस गम्भीर संवैधानिक मामिलाको टुंगो लगाउने संविधानसम्मत बाटो छोडेर धराने मेयरले एक बाटो लिइराखेका छन्, बालेनले अर्को, मधेसले भिन्नै ।

बालेनले चाहेको भए यसमा सार्थक ‘लिड’ लिन सक्थे । तर, उनी सामाजिक संजालको उपयोग तिर लागेका छन् । यो निरर्थक छ म भन्दिन। यो अभियान पनि सरकारका लागि गरूंगो हुदै गएको छ । कहाँ पुग्छ म भन्न सक्दिन । मैले भन्न चाहेको कुरो के हो भने यस विवादको गूढतार्थतिर जानु पर्दछ। त्यो हो संघीयताको विरोधमा रहेको राज्य व्यवस्थाको मानसिकता चिन्ने कुरो । बालेनले अन्तै लगेर के हुने हो हेरौं !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
झापाबाट माओवादी केन्द्रको तराई मधेश जागरण अभियान सुरु हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजबाट झापाबाट सुरु हुँदैछ

लमजुङ केन्द्रविन्दु भएर भूकम्प

लमजुङ । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ९ बजेर

मुक्कुम्लुङलाई राजनीतिकरण नगर्दा नै सबैको कल्याण हुन्छ

-डा. युवराज संग्रौला । पाथीभरामा केवलकार बन्ने कि नबन्ने भन्ने विवाद सांस्कृतिक द्वन्द्वमा

ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात

ढोरपाटन (बागलुङ) । ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो