किन हावा खाँदैछ ३२ सिटको जादु अंक



ऋषि कट्टेल ।
आज मलाई दाहालको ३२ सिटको जादु अंक र आफूलाई कसैले हटाउन नसक्ने अभिव्यक्तिले हावा खानलागेको देखेपछि २०६३को जनआन्दोलनको वेला ज्ञानेन्द्र र उनका मतियारहरुले गरेको तर्कको सम्झना आयो । ज्ञानेन्द्र हुकुमी शासन चलाउँदै थिए । हामी जेलमा थियौं । माओवादी युद्धमा थियो । युद्धविराम गरेर शान्ति वार्ताको वातावरण बनाउँदै थियो । अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरु प्रारम्भमा विभाजित थिए । युरोपियन युनियन र भारत माओवादीसँग वार्ता गर्ने र राजाको हुकुमी शासनको विरोधी थिए । अमेरिका भने माओवादीलाई राजासँग सातदल मिलेर सैन्य तागतका साथ समाप्त गर्ने पक्षमा थियो । चीन पनि राजाको विरुद्ध थिएन । नेपालको राजनीतिक दलहरु भित्र पनि लोकतन्त्रको लागि राजा भन्दा माओवादी खतरनाक छ भन्ने जनमत बलियै थियो ।

आन्दोलन धिमा गतिमा चलिरहेको थियो । अमेरिकी मन्त्री उसको मिसन लिएर सातदललाई खास गरि गिरिजाप्रसादलाई सम्झाउन नेपाल आयो । तर गिरिजाप्रसादले राजाको निरंकुशता स्वीकार नगर्न भन्दै अमेरिकालाई यस्तो गलतबाटो अबलम्वन नगर्न चेतावनी नै दिए ।र्

ज्ञानेन्द्र चारकुरामा ढुक्क थिए । त्याबेला भारतमा विजेपी सरकार थियो । यो सरकार राजाको लागि सहज थियो । अमेरिका माओवादीलाई आतंककारी घोषणा गरेर दमनको पक्षमा थियो । देशका राजनीतिक दलहरु बदनाम थिए । त्यसैले नेपाली जनमत पनि आफ्नै पक्षमा छ भन्नेमा उनी ढुक्क थिए । र चौथो कुरा सातदल र माओवादीबीच यति धेरै शत्रुता छ उनीहरु आफ्नो विरुद्ध एक ठाउँमा आउनै सक्दैनन् । त्यसकारण उनी सातदल र माओवादी दुवैलाई दमन गरेर शासन गरिरहेका थिए ।

त्यसैबेला भारतमा अर्लिइलेक्सन भयो । भाजपा हार्यो । कांग्रेस वाम सरकारमा आए जो राजाको निरंकुशतन्त्रको विरुद्धमा थिए । इयू र भारत मिलिसकेपछि अमेरिका समेत त्यही लाइनमा आउन बाध्य भयो । मालिकसँगै वार्ता गर्छु भन्दै हिँडेको माओवादीलाई अब भारतमा बसेर युद्ध चलाइराख्ने अवस्था रहेन । यस्तो परिस्थितिले सातदल र माओवादीबीच सहकार्य भयो । जुन आन्दोलनले निरंकुश राजतन्त्र मात्र फालेन राजतन्त्रनै समाप्त पार्यो ।

यो प्रसंग यसमानेमा उठाइएको हो की दहाल पनि ज्ञानेन्द्रकै सिको सिकेर ३२ सिटे जादुको गफ लगाइरहेका थिए । उनले पनि सायद त्यही अनुमान लगाएका थिए कि भारतमा बलियो मोदी सरकार छ । आफूले मोदीसँग दलीय सम्बन्ध नै स्थापित गरेकोले उसको दृढ समर्थन रहनेछ । कांग्रेस एमालेलाई भ्रष्टाचारको डण्डा चलाएर तह लगाउने जसरी ज्ञानेन्द्रले शाही आयो बनाएर गिरिजाहरुलाई तह लगाउने सोचेका थिए । अनि कांग्रेस एमाले मिल्नै सक्दैनन् । यही आडमा उथलपुथल ल्याएर सरकारमा पाँचै वर्ष वस्ने उनले फरमान जारी गरेका थिए ।

उनको फरमान फेल खायो । मोदी आफैं कमजोर भए । उसले नेपालमा कांग्रेसले जस्तो हस्तक्षेपकारी भूमिका निभाउन सक्दैन । मोदीसँगको सम्बन्धले चिढिएको कांग्रेस शक्तिमा आयो । आफैंले पालेर सत्तामा पुर्याएको पात्रले आफ्नो विरोधी भाजपासँग गरेको गठजोडको बदला लिने ठाउँमा पुग्यो । हिन्दूवादी मोदीसँगको गठजोड पश्चिमाहरुलाई पाच्य भएन । माओवादीलाई आतंकवादीको सूचीबाट हटाइनसकेको अमेरिका सक्रिय बन्यो । नेपाली सत्तामा आफ्नो प्रभुत्व बनाउने अवसरको प्रयोग गर्यो र काग्रेस एमाले गठवन्धन बन्यो । दाहालको ३२ सिटे जादुले हावा खायो । अब दाहाललाई ज्ञानेन्द्रको बाटोमा पुर्याउँछन् वा संसदीय क्षेत्रमा एमालेलाई र संसदवाद विरुद्ध संघर्ष गरिरहेका क्रान्तिकारीहरुलाई काउन्टर दिन पालिराख्छन् त्यो भने हेर्न बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक्लै चुनाव लडेर कांग्रेस र एमाले भन्दा ठूलो पार्टी बनाउछौंः प्रचण्ड

झापा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार फेर्ने पक्षमा आफुहरु

गगन थापाको चेतावनीः सरकारमा हामीलाई कहीँ कतैपनि दुव्र्यवहार भयो भने सहेर बस्दैनौं

प्यूठान । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानूनको शासनमा सम्झौता गर्नुपरे सरकार छाड्ने

एकीकृत समाजवादीको निष्कर्षः सरकारबाटै भ्रष्टाचारी संरक्षण भए

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले वर्तमान सरकार नालायक र दमनकारी बन्दै गएको आरोप

सशस्त्र प्रहरी बललाई कस्तो बनाउने ? यस्ता छन् सांसदहरुका सुझाव

  काठमाडौँ । सांसदहरुले सशस्त्र प्रहरी बललाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने गरी कानुन