नयाँ समीकरण नेपाली कांग्रेसको अन्तिम विकल्प होः शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्रीले अहिलेसम्म पनि राजीनामा दिइनसकेको भन्दै एमालेसँगको सहकार्यलाई लिएर अहिले नै खुसी हुने अवस्था नरहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित ‘शान्ति र क्रान्तिका नायक जीपी कोइराला’विषयक अन्तरक्रियामा कोइरालाले नयाँ समीकरण नेपाली कांग्रेसको अन्तिम विकल्प रहेको भन्दै नयाँ बन्ने सरकारलाई पनि सफल बनाउन नसके देश एकदमै नराम्रो बाटोमा जाने बताएका हुन् ।

उनले भने,’एमालेसँग कुरा भएको छ तर अहिले नै खुसी हुने अवस्था छैन । किनकी प्रचण्डजीले आजसम्म पनि राजीनामा दिनुभएको छैन । उहाँले राजीनामा दिनुभएन भने के हुन्छ भन्ने पनि हामीले सोच्नुपर्ने हुन्छ । कांग्रेस र सबै भ्रातृ संगठनहरुले सोच्नुपर्ने हुन्छ । अन्तिम विकल्प हो भन्ने लाग्छ । नेतृत्व गर्ने पालो नेपाली कांग्रेसको पनि आउँछ । निर्वाचनको बेला यसमा अत्यन्तै चनाखो हुनुपर्छ । अहिलेको सरकारलाई पनि सफल बनाउन सकिएन भने देश एकदमै नराम्रो बाटोमा जान्छ ।’

उनले नेपाली राजनीतिको अस्थिरता सधैं बोकेर हिँड्न नसकिने बताए । उनले भने,’माओवादीले एमालेलाई लिएर सरकार बनायो । त्यसपछि उहाँहरुबीच के भयो थाहा छैन । फेरि नेपाली कांग्रेससित सहकार्य हुँदैछ । यस्तो अस्थिरतालाई कहिलेसम्म बोकिरहने ? संविधानमा सुधार गर्ने कुरा धेरै छन् । निर्वाचन प्रणालीमा हामीले सुधार गरेर जान सक्यौ भने केही न केही जनताले चाहेको पूरा हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सत्तारुढ कांग्रेस र एमालेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे एक करोड सहयोग

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा  ५० लाख सहयोग गरेको

समस्यामा परेका नेपालीलाई सहायता र समन्वय गर्न लेबनान र इजरायलका राजदूतलाई परराष्ट्रमन्त्रीको निर्देशन

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इजरायल र लेबनानमा रहेका नेपालीहरुको अवस्थाबारे

दसैंमा सोचे जस्तो व्यापार नभएको न्युरोडका व्यापारीको गुनासो

काठमाडौँ। ‘रोजी रोजी र छानी छानी, आउनुहोस् आधा छुटमा सामान लैजानुहोस्’ न्युरोडका फेन्सी

नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए राष्ट्रपतिसमक्ष शपथ

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले शपथ ग्रहण गरेका छन् । राउतलाई राष्ट्रपति