प्रधानमन्त्रीले २८ गते विश्वासको मत लिने



काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् । सत्ता साझेदार दल एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले असार २८ मा विश्वासको मत लिन लागेका हुन् ।

संविधानको धारा १०० को उपधारा २ बमोजिम ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने प्रावधान अनुसार प्रधानमन्त्री प्रचण्डले असार २८ को प्रतिनिधिसभा बैठकको कार्यसूचीमा समावेश गरिदिन संसद सचिवालयलाई पत्र पठाएका छन् ।

एमालेले बुधबार प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको थियो । कांग्रेस–एमालेबीचको सहमति अनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन् भने चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले लिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जिल्ला सुरक्षा समितिलाई गृहमन्त्रीको निर्देशनः तत्काल लाभग्राहीहरुको विवरण पठाउनु

ललितपुर । गृहमन्त्री रमेश लेखकले तत्काल लाभग्राहीहरुको विवरण पठाउन जिल्ला प्रशासन कार्यालय र

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त भएका छन् । आइतबार राष्ट्रपति

खसी कस्तो किन्ने ? सिङमा हरियो रङ छिटेको हेर्नुस्

काठमाडौँ । काठमाडौँ उपत्यकामा खसीबोका पश्चिम तराई र आसपासका सल्यान, सुर्खेत, रुकुम, रोल्पा,