प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताबारे एमालेले गरायो संसद सचिवालयलाई जानकारी



काठमाडौं । नेकपा एमालेले सङ्घीय संसद् सचिवालयलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको छ ।

एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाले शुक्रबार सचिवालयका महासचिवलाई पत्रमार्फत समर्थन फिर्ता लिएको जानकारी गराएका हुन् ।

पत्रमा भनिएको छ, ‘प्रधानमन्त्री दाहालको नेतृत्वमा गठित वर्तमान सरकारलाई एमालेका तर्फबाट मत दिई सरकारमा सहभागी भएकोमा राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको परिप्रेक्ष्यमा वर्तमान सरकारलाई दिँदै आएको समर्थन मिति २०८१ असार १९ गते फिर्ता गरिएको छ ।’

यस विषयमा प्रधानमन्त्रीलाई समेत जानकारी गराइ सकिएकाले एमाले संसदमा प्रतिपक्षमा रहने व्यहोरा पत्रमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त भएका छन् । आइतबार राष्ट्रपति

खसी कस्तो किन्ने ? सिङमा हरियो रङ छिटेको हेर्नुस्

काठमाडौँ । काठमाडौँ उपत्यकामा खसीबोका पश्चिम तराई र आसपासका सल्यान, सुर्खेत, रुकुम, रोल्पा,

बिपी राजमार्गमा रोकिएका सवारी साधन भकुण्डे–तेमाल मेच्छेपौवा सडकबाट गन्तव्यतर्फ पठाइँदै

धुलिखेल । बाढीपहिरोका कारण अवरुद्ध भएको भकुण्डे–कानपुर–कोटतेमाल–पोखरी नारायणस्थान–मेच्छेपौवा सडक आजदेखि खुलेको छ ।

काभ्रेमा बाढीपहिरोमा परी एक विदेशीसहित ७७ जनाको मृत्यु

काभ्रे । हालैको बाढीपहिरोमा परी काभ्रेमा एक विदेशी नागरिकसहित ७७ जनाको मृत्यु भएको