प्रचण्डलाई भोलिसम्म राजीनामा दिन एमालेको सुझाव



काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरेको छ ।

मंगलबार बसेको पार्टी सचिवालय बैठकले प्रधानमन्त्रीलाई बुधबारसम्म राजीनामा गरेर सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको हो ।

नेता प्रदीप ज्ञवालीले बैठकले पार्टी अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिलाई स्वागत गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले भने, ‘सहमतिको सरकारमा सहभागी हुन राजनीतिक स्थायित्वमा सहयोग गर्न सबै राजनीतिक दललाई आह्वान गरिएको छ । एमाले र नेपाली कांग्रेसका बीचमा भएको सहमतिअनुरुप अब संविधानको धारा ७६ (२) को सरकार निर्माणका लागि भोलिसम्ममा मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आव्हान गर्ने निर्णय भएको छ ।’

उनले अहिले कांग्रेस र एमालेबीच मात्रै सहमति भएको बताउँदै अब राष्ट्रिय सहमतिको सरकारको पहल हुने जानकारी दिए । त्यस्तै बैठकले कांग्रेससँगको सहमति अनुसार अध्यक्ष ओलीको नेतृत्वमा गठन हुने सरकारलाई राष्ट्रिय सहमतिको बनाउन अरु दललाई पनि सहभागी हुन आह्वान गरेको छ ।

एमाले र कांग्रेसबीच नयाँ सरकार गठन गर्ने गएराति सहमति भएको छ । सहमतिअनुसार सुरुमा दुईवर्ष ओली प्रधानमन्त्री बन्नेछन् भने त्यसपछिको बाँकी अवधि देउवा प्रधानमन्त्री बन्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रतिनिधिसभामा अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । प्रतिनिधिसभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ वार्षिक प्रतिवेदन (आव २०७९/८०) पेस

प्रधानमन्त्रीले प्वाल पारिसकेको डुङ्गामा नबस्न रास्वपालाई भट्टराईको सुझाव

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले देश संकटमा पर्न थालेपछि कांग्रेस र

जीबी राईलाई पक्राउ गरे गृहमन्त्रीलाई संसदमै फुलमालाले स्वागत गर्छौः सांसद शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीसांसद ज्ञानबहादुर शाहीले गृहमन्त्री रवि लामिछानेलाई गोरखा मिडिया नेटवर्कका

राजीनामा दिएर मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई एमाले र कांग्रेसको दबाब

  काठमाडौँ । प्रधानमन्त्री पदबाट राजीनामा दिन प्रचण्डलाई संसदमै दबाब परेको छ ।