बेचन पक्राउले गठबन्धनमा बेचैनी ल्याएको गृहमन्त्रीको दाबी



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भुटानी शरणार्थी प्रकरणको दोस्रो चरणको अनुसन्धानको फाइल खोलेपछि नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ गठबन्धन बनेको दाबी गरेका छन् ।

मंगलबार सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले संविधान जोगाउनका लागि नभई कसैलाई जोगाउनका लागि नयाँ गठबन्धन बनेको दाबी गरेका हुन् ।

उनले के कारणले नयाँ गठबन्धन बनेको भन्ने कुरा नेपाली जनताले बुझेको बताए । उनले बेचन झा फक्राउपछि नयाँ गठबन्धन बनेको संकेत गरे । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा केही दिनअघि बेचन झालाई पक्राउ गरेको थियो ।

उनले भने, ‘जुन ढंगले सरकार अघि बढेको थियो। तपाईंहरू नै भन्नुहुन्थ्यो, फाइल खोल्नुपर्यो, फाइल खोल्नुपर्यो। फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने गरी भयो । मैले के भन्नु र ? सबै कुरा स्पष्ट भइसकेको छ । तपाईंहरूले देखिहाल्नुभएको छ।’

गृहमन्त्रीले कांग्रेस र एमालेलाई एकाएक संविधान जोगाउनुपर्ने चिन्ता आउनु हास्यास्पद भएको बताए । उनले भने, ‘एकाएक संविधान जोगाउनुपर्ने चिन्ता आयो । संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको भन्ने सबैले बुझेकै कुरा हो। बेचैनीको अरू के अर्थ होला र ?’

उनले मुलुकका ठूला दल मिलेर सरकार बनाउनु गलत भएको बताए । उनले प्रश्न गरे, ‘मुलुकमा के संकट आयो र ठूला दल मिल्नु पर्यो ? कसलाई जोगाउनका लागि रातारात परिवर्तन भयो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जलसतह बढेपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

सुनसरी । अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक भएपछि कोशी ब्यारेजका

विपदमा परेका नागरिकको उद्दार र राहतमा सरकारसँग हातेमालो गर्न प्रधानमन्त्रीको अपील

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबिरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका

बाढीपहिरोले बेहाल(फोटोफिचर)

काठमाडौं । तीन दिनदेखिको अविरल वर्षाका कारण अहिले देशभरको जनजीवन प्रभावित भएको छ

पानीको सतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खोलियो

नवलपुर (नवलपरासी) । नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि गण्डक ब्यारेजका सबै