प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा नदिने



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल राजीनामा नदिने भएका छन् । कांग्रेस र एमालेबीच नयाँ गठबन्धन निर्माण गर्ने सहमति भएपछि मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो ।

माओवादी नेता देवेन्द्र पौडेलले सरकार नछाड्ने र विश्वासको मतको सामना गर्ने निर्णय भएको जानकारी दिए । उनले भने, संसद फेस गर्ने भन्नेछ । संसदमा जसले गणित देखाउन सक्छ त्यसले सरकार चलाउने हो । गलेर सरकार छोड्ने कुरा हुँदैन ।’

माओवादीले कांग्रेस र एमालेबीच संविधान संशोधन गरेर जाने सहमति भएकोप्रति आशंका व्यक्त गरेको छ । पौडेलले २०४७ को संविधान ब्यूँताउने खेल हुनसक्ने भन्दै त्यसको पनि प्रतिवाद हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय समस्या समाधानमा एकीकृत समाजवादीले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ : अध्यक्ष नेपाल

  काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय समस्या समाधानमा एकीकृत

रास्वपाको संसदीय दलको बैठक स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आइतबारका लागि तय भएको संसदीय दलको बैठक

वर्षाले देशका ४५ क्षेत्रका सडक अवरुद्ध, आठजनाको मृत्यु, ६ बेपत्ता

काठमाडौँ । भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण नेपालका विभिन्न क्षेत्रमा

ओलीलाई बालेनको प्रश्नः सुकुम्बासीलाई अझै अर्को ३० वर्ष पनि झुलाउने सोच बनाउनु भएको छ ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सुकुम्बासीका नाममा भोटको राजनीति नगर्न एमाले