कांग्रेस र एमालेबीचको संवादबाट कोही पनि चिन्तित हुनुपर्दैनः सांसद गिरी



काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा भएको संवादबाट आशाको सञ्चार गरेको बताएका छन् ।

सोमबारको प्रतिनिधिसभाको बैठकमा सांसद गिरीले लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता र सुशासनका लागि दुई दल मिल्नु आवश्यक रहेको बताएका हुन् ।

उनले संविधान संशोधनसम्मका लागि काँग्रेस र एमालेका बीचमा संवाद र सहकार्य गर्नुपर्ने बताए । उनले भने, ‘चारैतिर निराशा फैलिएका बेला संसदका दुई ठूला दल नेपाली काँग्रेस तथा नेकपा एमालेका शीर्ष नेताहरुबीच शुरु भएको सघन संवादले आशाको सञ्चार गरेको छ। ठूला दलहरु बीचको संवादबाट कोही पनि चिन्तित हुनुपर्ने आवश्यक छैन। यसलाई सकारात्मक लिन पनि म आग्रह गर्न चाहन्छु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुप्रिम सहकारीबाट गोर्खा मिडिया १० करोड र जीबी राईका अन्य कम्पनीमा ५२ करोड प्रवाह भएको फेला

काठमाडौं । सहकारीको रकम अपचलनको छानबिन गर्न गठित उच्चस्तरीय विशेष समितिले बुटवलको सुप्रिम

मधेसका मुख्यमन्त्री सिंहलाई एमालेले विश्वासको मत दिने

धनुषा । मधेस प्रदेश सरकारका मुख्यमन्त्री शतिशकुमार सिंह नेतृत्वको सरकारलाई नेकपाले विश्वासको मत

नयाँ समीकरण नेपाली कांग्रेसको अन्तिम विकल्प होः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्रीले अहिलेसम्म पनि राजीनामा दिइनसकेको

अशोक राई नेतृत्वको जसपाले लियो प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता, मन्त्रीले दिए राजीनामा

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको