कांग्रेस पदाधिकारी बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दिउँसो ३ बजे बस्नेछ ।

सभापति देउवाले पार्टीको गतिविधि लगायत समसामयिक विषयहरूमा छलफल गर्न पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् । सभापति देउवाले गत शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि राजनीतिक वृत्त तरङ्गित भएको समयमा कांग्रेस पदाधिकारी बैठक बस्न लागेको हो ।

उक्त छलफल कुनै राजनीतिक फेरबदलका लागि हो कि भन्ने आशंका गरिएको छ । त्यस्तै, एमाले र माओवादीको सत्तासहयात्रामा केही चिसोपन आइरहेका बेला आइतबार अध्यक्ष ओली र प्रधानमन्त्री पुष्पकमल दाहालबीच समेत सिंहदरबारमा छलफल भएको थियो ।

संविधान संशोधन र सत्ता सहकार्यको प्रस्तावसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेपछि सत्ता राजनीति फेरि तरंगित भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हिलाम्मे खेतजस्तै सडकको अवस्था, वडाध्यक्ष भन्छन् -‘सडकका कारण जनता जोगाउनै कठिन भइसक्यो’

बागलुङ । राष्ट्रिय गौरवका आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्ग र कालीगण्डकी करिडोरको बागलुङ खण्डमा

कहिले त लाग्छ, हामी कहीँ पुग्न नसकेको धेरै थाहा भएर पो हो कि ?

नारायण गाउँले । यसो सोच्नुस् त, भारतका एकसय एकचालीस करोड़ मान्छेले बेलायतको आमचुनाबमा

सीडीओहरुलाई कार्यक्षेत्र नछाड्न गृहसचिवको निर्देशन

काठमाडौँ । गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न

‘आदरणीय केपी बा ! तपाईंको शिक्षकले तपाईंकै पार्टीको सिद्धान्त पढाए मात्र हो अब’

काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षकका कारण एसइईको नतिजा राम्रो नभएको भन्ने एमाले