प्रचण्ड अस्थिर नभएको भए न जनयुद्ध हुन्थ्यो, न शान्ति, त्यसैले सच्याउनु होलाः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताको प्रयास गरिरहेको बताएका छन् ।

आइतबार नेकपा एकीकृत समाजवादीको महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले एकीकृत समाजवादी र माओवादी केन्द्र बीच एउटै पार्टी बनाउने प्रयास गरिरहेको बताएका हुन् । उनले महाधिवेशनबाट माओवादी केन्द्रसँग एकता गर्ने वातावरण बनोस् भन्ने आफूले अपेक्षा राखेको बताए ।

उनले भने, ‘मलाई लाग्छ, यो महाधिवेशनले त्यो दिशामा पनि ठोस निर्णय गरोस्। हामी चाहन्छौं वामपन्थी एकता होस् ।’

प्रधानमन्त्रीले एकीकृत समााजवादीको राजनीतिक दस्ताबेजमा अस्थिर शक्ति भनेकोमा त्यसलाई सच्याउन आग्रह गरे । उनले भने, ‘हामीलाई दस्तावेजमा अस्थिर भन्नु भएको छ। प्रचण्ड अस्थिर नभएको भए जनयुद्ध पनि हुने थिएन, शान्ति सम्झौता पनि हुने थिएन। यो प्रक्रियामा पनि यहाँ आइपुग्ने थिएनौं। गतिशित कुरालाई अस्थिरताको आरोप लगाउने होइन । सच्याउनुहोला।’

उनले अहिले पनि आफूले राष्ट्रिय सहमतिको पक्षपोषण गर्ने बताए । प्रधानमन्त्रीले नेपालमा केही छैन र नेताहरू र पार्टीहरू सबै खत्तम छन् भन्ने प्रतिगमनकारी भाष्य चिर्न जरुरी रहेको बताए । उनले भ्रष्टाचारका विरुद्ध पहलकदमी बढाइरहेको भन्दै भ्रष्टहरू गिरफ्तार हुने र मुद्दा चल्ने क्रम चलिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गृहमन्त्रीले राजीनामा गर्नु न्यायोचित हुने न्यायाधीश सुवेदीको तर्क, गर्नु नपर्ने प्रधानको जिकिर

काठमाडौं । गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतका दुई न्यायाधीशको राय बाझिएपछि अब

गृहमन्त्रीविरुद्धको रिट अब सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतका दुई न्यायाधीशको राय बाझिएपछि अब

लुम्विनीमा माओवादी नेतृत्वको सरकार अल्पमतमा, एमालेले लियो समर्थन फिर्ता

बुटवल । नेकपा एमालेले लुम्विनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयनः अध्यक्षमा नेपाल र महासचिवमा भुसाल चयन

काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् ।